अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

रेल र पानी जहाजको कुरा गर्दा खिसीट्युरी गरियो ः मन्त्री अर्याल

news

 
 
 
कला राना, 
वालिङ १७, माघ ।
नेपाल सरकारका भुमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्री पद्मा अर्यालले जनताको चाहाना र गुनासाहरु सरकारले बुझेको भन्दै जनताले सरकारको कार्यको समेत चर्चा गरेको बताउनुभएको छ । स्याङ्जाको वालिङमा बिहिबारदेखि शुरु भएको सातौँ वालिङ महोत्सवका अवशरमा बोल्दै समृद्ध मुलुक निर्माणका लागी सरकार प्रतिवद्ध रहेको बताउनुभयो । मन्त्री अर्यालले भन्नुभयो, “जनप्रतिनिधिको चिन्ता मात्रै विकास निर्माण कसरी गर्ने र जनताको जिवनस्तर कसरी परिर्वतन गर्ने भन्नेमै केन्द्रित रहेको छ ।”
साथ मन्त्री अर्यालले सरकारले रेल र पानी जहाजको कुरा गर्दा खिसीट्युरी गर्ने गरेका उल्लेख गर्दै रेल मार्ग निर्माण भईसकेको भन्दै अव पानी जहाज समेत छिट्टै नेपालमा सञ्चालन हुने ठोकुवा गर्नुभयो । 
२० वर्षदेखि आँधीखोला उच्च ड्यामको चर्चा गरिएपनि यसलाई निष्कर्षमा पु¥याउन सरकारको प्राथामिकता रहेका मन्त्री अर्यालले बताउनुभयो । साथै पोखरादेखि भैरहवा सम्मको मुख्य सडकलाई चौडा पार्नुका विकल्प नरहेको भन्दै यसमै सम्रग स्याङ्जालीको भविष्य उज्जवल रहेको बताउनुभयो ।  सरकार ठूला योजनादेखि साना योजना सम्पन्न गर्नका लागी जुटिरहेको उल्लेख गर्दै स्याङ्जाका भित्रि सडक कालोपत्रेको काम हुने समेत बताउनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...