अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

सरकार भ्रष्ट्रचारी र बलात्कारीको संरक्षक बन्यो ः कागे्रस नेता जोशी

news

रेडियो आँधीखोला,
माघ २१ वालिङ ।
नेपाली काग्रेसका केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशीले बर्तमान सरकार भ्रष्ट्रचारी र बलत्कारीको संरक्षक भएको आरोप लगाउनु भएको छ । नेपली काग्रेस स्याङ्जाले सरकारको बिरोध कार्यक्रममा सोमबार नेता जोशीले सरकारले निर्मला काण्डको बलात्कारी र वाइडवडीका भ्रष्ट्रचारीलाई बचाएको आरोप लगाउनुभयोे । बालिकाको बलात्कारी र सरकार भित्रका भ्रष्ट्रचारीलाई कारबाही गर्न आग्रह गर्दै जोशीले भन्नुभयो —“काग्रेस भित्र छ भने पनि कार्वाही गर्नुपर्दछ । ”सरकारले काम नगरेपछि बाध्य भएर बिरोध गर्नु परेको बताउदै जोशीले जनतालाई साथ लिएर सरकारलाई तह लगाउने बताउनुभयो । पछिल्लो घटना क्रमले सरकार लोकतन्त्रको कमजोर बनाउन खोजेको बताउदै नेता जोशीले भन्नुभयो —“लोकतन्त्र संरक्षण गर्न काग्रेस बच्छिम हो ।” 
 
रेल, पानी जहाज र ग्याँसले नेकपाले बहुमत पाएको बताउदै नेता जोशीले अर्को निर्वाचनमा काग्रेस पहिलो बन्न कसैले नरोक्ने दाबी गर्नुभयो । दुई तिहाईको सरकार बनेपछि केहि हुने आशा जागेको बताउदै काग्रेस  नेता जोशीले भन्नुभयो —“काम होइन हल्ला मात्र ग¥यो । ”
 
त्यस्तै केन्द्रिय सदस्य धनराज गुरुङले आफ्नै अगाडी भ्रष्ट्रचारी राखेर प्रधानमन्त्री ओलीले भ्रष्ट्रचारको अन्त्य गर्छु भन्नुको कुनै तुक नभएको बताउभयो । उहाँले प्रचण्डको पछिल्लो भेनेजुयलाको बक्तब्यले ६२ बर्षको अमेरिका सगँको सम्बन्ध चिसो भएको बताउनुभयो । लिपुलेकमा भारतिय सेना बस्दा नबोल्ने प्रचण्ड अमेरिकाको बिरुद्धमा बोलेर गल्ती गरेको गुरुङको भनाई थियो । आन्दोलन टेर मात्र भएको बताउदै नेता गुरुङ्ले सरकार नसुद्रैमा पुरै फिल्म देखाउन बाध्य हुने बताउनुभयो । सरकारले स्वास्थ्य बिधेयक गरिब नागरिकलाई मेडिकललाई अध्यन गर्न नदिने उदेश्यले ल्याएको बताउनुभयो । 
 
कार्यक्रममा पुर्व सासद खगेन्द्र राज रेग्मी, राजु थापा, प्रदेश सभा सदस्य मेखलाल श्रेष्ठ, काग्रेस नेतृ सरस्वती तिवारी, काग्रेस महासमिति सदस्य मायाँ राना, तुलसी रेग्मी लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यबहाक सभापति बुद्धिबहादुर राना कुमारको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत क्षेत्र नं. १ का सभापति तुल्सी रेग्मी, धन्यवाद क्षेत्र नं. २ का सभापति अर्जुनप्रकाश अर्याल र सञ्चालन प्रवक्ता ईन्द्रबहादुर गोदारले गर्नुभएको थियो । जिल्ला पार्टी कार्यालयबाट निश्केको बिरोध जुलुस बजार परिक्रमा गर्दै शहिद चोकमा पुगेर सभामा परिणत भएको थियो । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...