अहिले तरंगमा

Bhanchhin Aama

केहि छिनमा

Khulduli.com

समाचार

वालिङ महोत्सवका लागी छानिए उत्कृष्ठ १० कविताहरु

news

रेडियो आँधीखोला,
माघ २१ वालिङ ।
वालिङ महोत्सवको अवसरमा आयोजित राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगितामा उत्कृष्ठ १० कविता छनौट भएका छन् । प्रतियोगिताको छनौटका लागी ५६ कविताहरु प्राप्त भएका थिए । ५६ कविताबाट उत्कृठ १० कविता छनौट भएका हुन् । छनौट १० कविताहरु यही माघ २५ गते महोत्सवबीचमा वाचन हुनेछन् । ५६ कविताहरुको वाचकबाहेकका अन्य मुल्यांकन गरिएको थियो । 
उत्कृष्ठ कविताहरु तनहुँका प्रेमनारायण ढकालको जन्मिन्छ नेपालमा, नवलपुरका प्रकाश पराजुलीको जागौँ युवा केशरी, पाल्पाकी सवु आरोहीको दायित्वबोध, कास्कीका संगम संयोगको नेपाल मेरो घर, पर्वतका तारानाथ पराजुलीको पुत्री वियोग, कास्कीका सुरेश अधिकारीको मेरा आँखाहरु थाकिसके, बाँकेका सन्तोष विष्टको महोदय, प्यूठानका लालमणि पोखरेलको म बहिरो बनिसकेको छु, अभिषेक सागरको विदेशी र तनहुँका केआर ढकालको कठघरामा कविता रहेका छन् । 
साहित्यकार जगनाथ रेग्मी, ज्याग्दीखोला साहित्य प्रतिष्ठानका अध्यक्ष देवेन्द्र लम्साल र साहित्यकार समालोचक नायारायणप्रसाद ज्ञवलीले निर्णायकको भुमिका निर्वाह गर्नुभएको थियो । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय, सान्वतना र पाचौँ स्थान प्राप्त गर्नेले क्रमशः ७ हजार ५ सय, ५ हजार, ३ हजार, २÷२ हजार नगदसहित प्रमाण पत्र प्राप्त गर्नेछन् । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...