अहिले तरंगमा

Aandhikhola Khabar

केहि छिनमा

Cine Songs

समाचार

अँजुलीमा अभियन्ता गजल संग्रह लोकार्पण

 
काठमाडौ, २१ पौष
ईन्जिनियरिङ साहित्यिक समाज ९इन्सास० ले ११ जना ईन्जिनियरको गजल संग्रह अँजुलीमा अभियन्ता लोकार्पण गरेको छ । पुस १६ गते शनिबार पुल्चोक ईन्जिनियरिङ कलेजमा आयोजना गरिएको कार्यक्रममा साहित्यकार तुलसी दिवसले अँजुलीमा अभियन्ता लोकार्पण गर्नुभएको हो । इन्सासले यसअघि पनि साहित्यक कृति अन्जुलिमा अभियन्ता कविता संग्रह तथा मन्जरी प्रकाशन गरेको छ । गजल संग्रहमा ईन्जिनियर रामकुमार श्रेष्ठ, ईन्जिनियर सतिश त्रिपाठी, ईन्जिनियर रमेश रानाभाट लगायतका गजलकारका गजल संग्रहित छन् । गजल संग्रहका समिक्षक देवी नेपालले एउटै उमेर समूह र एउटै पेशाका सर्जकमा पाईने अनुभूतिगत समानता र भिन्नताको स्पष्ट रेखाचित्र यस कृतिमा रहेको उल्लेख गर्नुभयो ।
कार्याक्रममा ईन्जिनियर एशोशिएसन नेपालका पूर्व अध्यक्ष महेन्द्र बहादुर गुरुङ्ग र ईन्जिनियर पुष्कर रिजाललाई सम्मान गरिएको थियो । गुरुङगलाई प्राविधिक श्रष्टा सम्मान र रिजाललाई पितम्बरा प्यूस युवा साहित्य पुरष्कारबाट सम्मान गरिएको इन्सासले जनाएको छ ।

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...