अहिले तरंगमा

Sajha Sawal

केहि छिनमा

Songs

समाचार

आफ्नो पहिचान नेपाली —आर्युवेद शिरोमणी बालकृष्ण

news

रेडियो आँधीखोला,
माघ २१ वालिङ ।
भारतको १० औ धनाढ्य मध्येका स्याङ्जा वानपा ६ भोरुवाका बालकृष्ण सुबेदी आचार्यले आफ्नो पहिचान नेपाली रहेको बताउनु भएको छ । ५ बर्षको सानो उमेरदेखी अध्ययन र रोजगारी गर्दै आफु भारतमा बसेता पनि ४७ बर्षिय बालाकृष्णले आफू नेपाली र आफ्नो पहिचान नेपाल भएको बताउनुभयो । जन्म जिल्लामा सोमबार आउनु भएका आर्युबेद शिरोमणी आचार्य बालकृष्ण सुबेदीले भेटघाट कार्यक्रममा उक्त कुरा बताउनु भएको हो । 
 
पतञ्जली योग समिति स्याङ्जा शाखाले राखेको कार्यक्रममा आचार्यले आफूले ठूलो दुखका साथ गरेको संघर्षले यो स्थानमा पु¥याएको बताउनुभयो । उहाँले नेपाली र समृद्ध नेपाल बनाउनको लागी गृह जिल्लामा आफूले केही योग्दान दिन खोजेको बताउनुभयो । खाली खुट्टाले नै पढाईको सिलसिलामा भौतारीदै भारत गएको बताउदै आचार्य सुबेदीले विभिन्न उतार चढावका साथ विश्वकै धनी व्यक्ति मध्ये पर्दा पनि मेरो जिवनीशैली सामान्य रहेको बताउनुभयो । ३५ बर्षको अन्तरालमा सिकेको सीप आफ्नै ठाउ“मा लगानी गर्नु नै आफ्नो अन्तिम लक्ष्य रहेको आचार्यको भनाई थियो । 
 
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख सीता सुन्दास, प्रमुख जिल्ला अधिकारी कोशहरी निरौला र योग संचालक मुक्ति रेग्मी लगायले स्याङ्जामा आयुर्वेदिकको अथाहा सम्भावना रहेको बताएका थिए ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...