अहिले तरंगमा

Sajha Sawal

केहि छिनमा

Songs

समाचार

श्रृंखलाबद्ध रुपमा चोरी गर्ने युवक पक्राउ

 
 
 
 
 
 
 
 
 
रेडियो आँधीखोला,
माघ २१ वालिङ ।
स्याङ्जाको वालिङमा श्रृंखलाबद्ध रुपमा चोरी गर्ने युवक पक्राउ परेका छन् । यही माघ ८ गते वालिङ ६ मिर्दि स्थित भिमनारायण कोईरालाको मिर्दि मोबाईल सेन्टर र वालिङ १ कालिमाटी स्थित बिक्रम खांणको रिर्सोट ग्रिनहिल कटेजमा जोरी गर्ने भीरकोट नगरपालिका २ का राजु विक पक्राउ परेका हुन् । विकले मोबाईल सेन्टरमा मोबाईल तथा नगद समेत चोरी गरेको प्रहरीले जनाएको छ । 
उता रिर्सोटमा भने नगद १३ हजार चोरी गरेका थिए । त्यस्तै विकले यही १५ गते वालिङ ८ भिमटारी स्थित शिवशत्ति मन्दिरको ८ हजार भेटि समेत चोरी गरेका थिए । २१ वर्षीय विकलाई वालिङ ८ स्थित डेराबाट पक्राउ गरिएको हो ।  चोरी भएका समानहरु सहित पक्राउ परेको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ । जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको छ । 
त्यस्तै यही १६ गते वालिङ १३ की लक्ष्मी सार्कीको घरमा सुनका गरगहना तथा नगद चोरी गर्ने युवाक समेत पक्राउ परेका छन् । सोही स्थानका २३ वर्षीय भविश्वर सार्कीले ३ थान औँठी, लाल गेडि सहितको माला १ थान, सिक्री १ थान र नगद ११ हजार चोरी गरेका थिए । चोरी गरेका सामान तथा नगद सार्कीले घर नजिकैको बाँसघारीमा लुकाएर राखेको अवस्थामा प्रहरीले बरामद गरेको हो । सार्कीलाई पक्राउ गरी अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...