अहिले तरंगमा

Sajha Sawal

केहि छिनमा

Songs

समाचार

आगोलागीबाट स्याङ्जामा युवकको मृत्यु

news

वालिङ, २८ माघ ।
स्याङ्जामा आगलागीका कारण एक युवकको मृत्यु भएको छ । अर्जुनचौपारी गाउँपालिका १ गाडखानीमा स्थानीय बलहादुर थापामगरको घरमा आगोलागी हुँदा घररेखदेखका लागी बस्दै आएको २८ वर्षीय कृष्ण कामीको मृत्यु भएको हो । सोमबार विहान साढे ४ बजे लागेको आगो विहान साढे ८ बजे मात्रै नियन्त्रणमा आएको थियो । 
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक नविनकृष्ण भण्डारीका अनुसार घरमा रहेको अन्तपात, भाडाकुडा, काठपात, प्लाष्टिकका कुर्ची ४० थान गरी १४ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । तुईतले टिनले छाएको कच्ची घर जलेर नष्ट भएको छ । आगलागीको कारण खुल्न सकेको छैन् । स्थानीयले मृत कामी भुईतलामा सुत्ने जानकारी दिएपछि प्रहरीले खोजतलास गर्दा कामी जली मृत अवस्थामा भेटिएका थिए । मृतक कामीको पोष्टमार्टम गरी जिल्ला प्रहरी कार्यालय स्याङ्जामा राखिएको छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...