अहिले तरंगमा

केहि छिनमा

Nepal Bani Khabar

समाचार

वाह, श्यामकुमार

एकहप्ता अघि पुरानी साथीसँग भेट भयो । उनी आठ महिनाकी गर्भवती रहिछन् । पहिलो सन्तान हुन लागेकोमा उनी निकै खुसी थिइन् । मैले बधाई दिए । अरु सामान्य कुरा भएपछि उनको गर्भ कै कुरा भयो । उनी भन्दै थिइन् “आ १ छोरा नै जन्मियोस् ।” 
उनको कुरा नसकिदै मैले सोधिहाले “किन नि त्यस्तो रु” 
उनले जवाफ दिइन् “पहिलो सन्तान नै छोरा भएपछि अर्को पाउनै पर्दैन ।” 
अन्तर्वार्ता र समाचारकै लागि दौडिने क्रममा एक महिनाअघि एकजना उच्च पदस्थ व्यक्तिसँग भेट भएको थियो । कुराकानी गर्दै जाँदा उहाँको एक मात्र सन्तान भएको र त्यो पनि छोरा भएको थाहा भयो । 
उहाँ भन्दै हुनुहुन्थ्यो “पहिलो सन्तान छोरो भएपछि हामीले अर्को सन्तानको चाहना नै गरेनौं ।” 
साथी भाइ भेटघाटमा यस्ता कुरा भइरहन्छन् । मेरी एउटी साथीकी पहिलो सन्तान छोरी छिन् । 
परिवारबाट अर्को सन्तान जन्माउन दबाब आइरहेको उनी सुनाउँछिन् “यो पल्ट पनि छोरा भएन भने के गर्ने रु हाम्रो त वंश नै नाश हुन्छ ।” 
यो उनको भन्दा पनि उनको परिवारको विचार हो । 
तीन वर्षअघि कान्छी दिदीले तेस्रो सन्तान जन्माउनुभयो । “फेरि पनि छोरी १” ठूलीआमा भन्दै हुनुहुन्थ्यो “अरु सबैका छोरा जन्मिन्छन् उसको पनि एउटा छोरा भइदिएको भए के बिग्रन्थ्यो र रु कति राम्रो हुन्थ्यो १” 
छोरी जन्मिएकामा दिदी–भिनाजुलाई केही फरक परेको छैन तर पनि घरपरिवारसँगै समाजले एउटा छोरो भैदिएको भए हुने नि भन्ने कुराले उहाँको मन अमिलो बनाइदिन्छ । 
यस्तै झण्डै २० वर्षअघि मेरी दिदीको साथीको तेस्रो बहिनी जन्मिइन् । यो पल्ट परिवारको आशा थियो छोरा । तर त्यो पूरा भएन । चौथौ सन्तान पनि छोरी नै भएपछि गाउँमा हल्ला नै चलेको थियो । फेरि पनि छोरी नै जन्मिइ अरे १
 
यी त केही प्रतिनिधि घटना हुन् जसले छोरा र छोरी बिचको भिन्नता छर्लङ्ग पारिदिन्छ । आमाको गर्भ मै रहँदा के जन्मिन्छ भनेर धेरैमा कौतुहलता हुने रहेछ । अनि व्यवहार पनि त्यसै अनुसार । आफ्ना साथीभाइ अनि परिवारका यस्ता कुरा सुनिसकेपछि मलाई साह्रै नरमाइलो लाग्छ । आखिर २१ औं शताब्दीमा पनि छोरा र छोरीबिच यति धेरै फरक किन रु भन्नलाई छोरा र छोरी बराबरी भन्छौं तर त्यो बराबरी यस्ता कुराले भत्काइदिन्छ । 
हामी २१ औं शताब्दीमा छौं, न कि ढुंगे युगमा । धेरै छोरीले आफ्नो क्षमता प्रस्तुत गरेर देखाएका छन् । विश्वमा आज हेर्नुहोस् । भारतकै कुरा गर्दा कंग्रेस आईकी अध्यक्ष सोनिया गान्धी, भारतकै पूर्व राष्ट्रपति प्रतिभा पाटिल, पाकिस्तानकी पूर्व प्रधानमन्त्री बेनेजिर भुट्टो, दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्युन हाइ, अमेरिकाकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टन, वर्माकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुची यी त केही उदाहरण मात्र हुन् ।
एक तथ्याङ्कअनुसार विश्व व्यवसायमा महिलाको सहभागिता पनि कम छैन शेरिल स्टानवर्र्ग सोसियल नेटवर्क साइट फेसबुकले बोर्ड अफ डाइरेक्टर, इन्दिरा नोयी पेप्सी कम्पनीकी प्रमुख कार्यकारी, इरेन रोजेनङ्खलेड भजिनिया रोमेट्री एक सय अर्ब अमेरिकी डलरभन्दा बढी कारोबार हुने आइबिएमकी प्रमुख विश्वमा यस्ता सयौँ महिला छन् । 
नेपालकै महिलाले गरेका योगदान पनि विश्वले उदाहरणको रुपमा लिइरहेको छ । अहिले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानन्यायाधीश सुशीला कार्की र सभामुख ओनसरी घर्तीमगर हुनुले पनि नेपाली राजनीतिमा महिलाको सहभागिता बढाएको छ । 
यस्तै अनुराधा कोइराला, पुष्पा बस्नेत सीएनएन हिरो भए भने चरिमाया तामाङको नामसमेत विश्वले चिन्यो । राजनीतिमा साहना प्रधान, शैलेजा आचार्यलगायतले गरेको योगदान बिर्सन मिल्दैन । यद्यपि किन यो समाजले अझै पनि छोरीलाई सम्मान गर्न सक्दैन रु 
यहि कुरा सोचिरहँदा बझाङका श्यामकुमार नेपालीले छोरी जन्मिएको खुसीयालीमा अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको खबर सुन्दा निकै आनन्द लागेको छ । यसले छोरी जन्मँदा पनि कोही खुसी हुने रहेछ भन्ने देखायो । आशा गरौं आगामी दिनमा श्यामकुमारजस्ता धेरै बुबा निस्कनेछन् जसले छोरीको महत्व समाजमा बुझाउनेछ ।