अहिले तरंगमा

केहि छिनमा

Nepal Bani Khabar

समाचार

ग्रामिण स्वास्थ्य तथा शिक्षा सेवा गुठी रेष्ट

news

वालिङ २१ पौष
ग्रामिण स्वास्थ्य तथा शिक्षा सेवा गुठी रेष्टले मंगलबार स्याङ्जामा रहेको बालिका शिक्षा कार्यक्रमका बारेमा जानकारी गराएको छ । 
स्याङ्जा सदरमुकाममा आयोजित सो कार्यक्रममा स्याङ्जाका २२ वटा बिभिन्न बिद्यालयमा करिब १३ सय ६९ जना बालिका रेष्टको सहयोगमा अध्ययरत छन । विक्रम संम्वत २०५४ सालमा पुतलीबजार नगरपालिका ७ नागडाडामा रहेको सरस्वती माबिबाट सुरु गरिएको रेष्ट कार्यक्रम अन्र्तगत गरिव, विपन्न, जेहेन्दार परिवारका बालिकालाई शेैक्षिक सामाग्री, बिद्यालय पोशाक र अध्ययनका लागि आवश्य पर्ने सवै खर्च सहयोग गर्दे आएको छ । 
कक्षा ६ देखि १२ सम्म अध्ययनका लागि सहयोग गर्दे आएको रेष्टका निर्देशक कमला अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममा स्थानीय विकास अधिकारी एवं शिक्षा समिति अध्यक्ष महेश भट्टराई, जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्य, पुतलीबजार नगरपालिकाका कार्यकारी अधिकृत लेखनाथ न्यौपाने, 
काजिमान हरिटिकाका प्रधानाध्यापक ओमप्रकाश शर्मा र रामकोष माविका प्रधानाध्यापक पुण्यप्रसाद पौडेल, पूर्व शिक्षक वेदप्रसाद दोरंगाा, सपोर्ट शिक्षिका खिमकुमारी विक, रेष्टका बिद्यार्थी पार्वती शर्मा लगायतले रेष्टको सहयोगले बालिका अध्ययनलाई सकारात्मक प्रभाव पारेको बताउदै कार्यक्रमलाईे निरन्तरता दिनु पर्नेमा जोड दिनुभएको थियो । 
ग्रामिण स्वास्थ्य तथा शिक्षा सेवा गुठी रेष्टको सहयोगमा स्याङ्जा लगायत २० जिल्लामा करिब १५ हजार बालिका हाल अध्ययरत छन् ।