अहिले तरंगमा

Aandhikhola Khabar

केहि छिनमा

Cine Songs

समाचार

चापेकोइन्सले २० खेलाडी भित्र्यायो, दुर्घटना बाँचेका रुसेल र नेटो मैदान र्फकने आश

news

ब्राजिलियन क्लब चापेकोइन्सले आगामी सिजनका लागि २० खेलाडी अनुवन्ध गरेको छ । नोभेम्बरमा कोपा सुडामेरिकाना कप खेल्न जाने क्रममा भएको विमान दुर्घटनामा क्लबका १९ खेलाडीसहित कोचिङ स्टाफको मृत्यु भएको थियो । यो घटनापछि क्लबलाई उपाधि दिइएको थियो भने एथ्लेटिको नेशनलाई फेयर प्ले अवार्ड प्रदान गरिएको थियो । क्लबका फुटबल डाइरेक्टर रुई कोस्टाले अनुवन्ध गरिएका मध्ये धेरै खेलाडी लोनमा रहेको बताए । सेन्टर क्याक नेटो र फुलब्याक एलन रुसेल भने विमान दुर्घटनामा बाँचेका छन् । उनीहरु खेलमा र्फकने आश रहेको कोस्टाले बताए । दुर्घटनामा बाँचेका गोलकिपर ज्याक्सन फोलमान भने खेलमा र्फकन सक्दैनन्, किनकी उनको खुट्टा काटिएको छ । तर, तीनै खेलाडीको जर्सी नम्बर नयाँ खेलाडीलाई दिइएको छैन । चापेकोइन्सले शुक्रबारदेखि प्रि सिजन ट्रेनिङ थाल्नेछ र, घरेलु लिगको पहिलो खेल जनवरी २६ मा होम ग्राउण्डमा जोइनभेलविरुद्ध खेल्नेछ ।

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...