अहिले तरंगमा

Cine Songs

केहि छिनमा

Aadhunik Sangeet Bahar

समाचार

महोत्सवमा हेलिकप्टरद्धारा पर्यटन स्थलको अवलोकन

news

वालिङ २१, पौष
माघ १३ देखि २३ गतेसम्म हुने छैँठौ वालिङ महोत्सव २०७३ को लागी तयारी तथा प्रचार प्रसार तिव्र रुपमा अगाडि बढाईएको छ । हाम्रो गौरव हाम्रो शान वालिङ महोत्सव हाम्रो पहिचान भन्ने मुल नाराका साथ हरेक २÷२ वर्षमा वालिङ उद्योग वाणिज्य संघले आयोजना गर्ने क्षेत्रिय कृषि पर्यटन, सांस्कृतिक एवम  औधोगिक व्यापार मेलाको तयारी तिव्र पारिएको हो । यसपटकको छैँठौँ महोत्सवमा धेरै नयाँ विषयहरु  थपिएको आयोजक उद्योग वाणिज्य संंघले जनाएको छ । यस्तै महोत्सवको  निकै आर्कषणको रुपमा रहेको हेलिकप्टरद्धारा महोत्सव स्थल र पर्यटकीय  स्थलहरुको अवलोकन गर्ने कार्यको आज परिक्षण उडान गरिएका छ । 
 
जिल्लामा रहेका विभिन्न पर्यटकीय स्थलहरु गह्रौसुर मन्दिर, अकलादेवि मन्दिर तारसेसिङ मन्दिर जस्ता ऐतिहासिक महत्व बोकेको धार्मिक स्थलहरु तथा महोत्सव स्थल हेलिकप्टरद्धारा पर्यटकहरुलाई अवलोकन गराउने उद्देश्यका साथ महोत्सवमा हेलिकप्टरको व्यवस्था मिलाईएको हो । यस्ता धार्मिक स्थलहरु ८ मिनेटमा अवलोकन गर्न सकिने र यसको शुल्क प्रति व्यक्ति ४ हजार देखि ४५ सय सम्म लाग्ने महोत्सव मुल आयोजक समिति संयोजक शोभाकान्त पौडेलले जानकारी दिनुभयो । पौडेलले भन्नुभयो, “आन्तरिक तथा बाह्य पर्यटनको प्रवद्र्धनको लागी हामीले महोत्सव अवधिभर हेलिकप्टरद्धारा धार्मिक तथा पर्यटकीय स्थलहरुको अवलोकन गर्ने व्यवस्था मिलाएका हौँ” । 
 
पौडेलले भन्नुभयो, “हामीले प्रभु एयरको हेलिकप्टरद्धारा जिल्लामा रहेको धार्मिक महत्व बोकेका स्थलहरुको अवलोकन गरी सफल अवतरण गराएको छौं । यसले महोत्सवमा पर्यटकहरुका  लागी नयाँ आयाम थप्ने छ । ” महोत्सवले यस क्षेत्रलाई पर्यटकीय दृष्टिकोणबाट आम नागरिकहरुमा प्रचार प्रसार गरी पर्यटकीय क्षेत्रको सर्वद्धन गर्ने अपेक्षा राखिएको छ । यसपटकको महोत्सवमा धेरै नयापन दर्शकले महशुस गर्न पाउने आयोजकले दावी गरेको छ । मेलाको पश्चिमाञ्चल विकास क्षेत्रका बाह्य तथा आन्तरिक ३ लाख दर्शकले मेला अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...