अहिले तरंगमा

Aandhikhola Khabar

केहि छिनमा

Cine Songs

समाचार

माओवादी केन्द्रको निर्णय

नेकपा माओवादी केन्द्रले सर्वोच्चको आदेशपछि विधेयक अगाडि बढाउने बाटो खोलेको निश्कर्ष निकालेको छ । संविधान संशोधन विधेयक सम्बन्धमा सर्वोच्च अदालतको आदेशको स्वागत गर्दै आज बसेको माओवादी केन्द्रको बैठकले सर्वोच्चको आदेश प्रक्रियामा लैजाने निर्णय गरेको हो । विधेयकको बिरोधमा रहेको प्रमुख प्रतिपक्षी एमाले सहितका प्रतिपक्षी दलसँग छलफल गरी सवैलाई मान्य हुने गरी विधेयक अगाडि बढाउने बारे दलीय छलफल केन्द्रित गर्ने माओवादी केन्द्रको निश्कर्ष छ । अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटस्थितमा बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले विधेयक पारितका लागि दलीय छलफललाई तिब्र बनाउने निर्णय गरेको नेता अग्नी सापकोटाले जानकारी दिनुभयो । केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री दाहालले पछिल्लो राजनीतिक अवस्थाबारे बैठकलाई जानकारी गराउनुभएको थियो । माओवादी केन्द्रले जिल्ला सम्मेलन गर्नका लागि कसरी संगठनात्मक प्रतिनिधित्व व्यवस्थित गर्न सकिन्छ भन्ने लगायतका विषयमा कार्यविधि तय गर्न आजको बैठक बसेको हो । बैठकमा आज कार्यालय पदाधिकारीहरुले आआफ्नो धारणा राखेकाले भोली फेरि बस्ने गरी बैठक स्थगित भएको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले जानकारी दिनु भयो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...