अहिले तरंगमा

Bani Bahas

केहि छिनमा

Aandhikhola Khabar

समाचार

संविधानको रक्षा गर्न सबै लाग्नुपर्ने एमालको उपाध्यक्षः गौतम

काठमाडौ, पौष २१
प्रमुख प्रतिपक्ष नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले संविधानको रक्षा गर्न सबै लाग्नुपर्ने बेला आएको बताउनु भएको छ । भोली काठमाडौंमा आयोजना गरिएको विरोध प्रर्दशनको तयारीका लागि पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा आवश्यक निर्देशन दिँदै उपाध्यक्ष गौतमले संविधानको रक्षा गर्न आफ्नो पार्टी आन्दोलनमा जानु परेको बताउनु भयो । उपाध्यक्ष गौतमले जनता आफैंले बनाएको संविधानको रक्षा आफ्नै पार्टी नेतृत्वबाट मात्रै सम्भव रहेको दाबी गर्नुभयो । उपाध्यक्ष गौतमले संविधान कार्यान्वयन हुनै नदिने बाह्य षडयन्त्रलाई माओवादी नेतृत्वको सरकारले साथ दिएको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो । सर्वोच्च अदालतले दिएको आदेश अनुशार पनि संविधान संशोधन प्रस्ताव फिर्ता गर्नुपर्ने उल्लेख गर्दै उहाँले अब निर्वाचनमा केन्द्रित हुन ढिलाई गर्न नहुनेमा जोड दिनुभयो ।कार्यक्रममा एमाले सचिव प्रदिप ज्ञवालीले मुलुकलाई टुक्रा टुक्रा बनाउने षडयन्त्र सफल हुन नदिने भन्दै तराईबाट पहाड अलग गर्ने उद्धेश्यका साथ आएको संविधान संशोधन प्रस्तावको औचित्य नरहेको पनि स्पष्ट पार्नुभयो ।