अहिले तरंगमा

bhajan

केहि छिनमा

Prabhat Bani

समाचार

अष्ट्रेलियामा पर्यटनमन्त्री शाहीको बिदाइ, बुधबार स्वदेश फर्किने

 नेपाल फेस्टिबलमा भाग लिन अष्ट्रेलिया आएका सँस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीबनबहादुर शाहीको बिदाइमा मंगलबार रात्रीभोज आयोजना भएको छ । मन्त्री शाही बुधबार बिहान नेपाल फर्किनेछन् । विदाइ अघि एनआरएन अष्ट्रेलियाले ‘नेपाल-अष्ट्रेलिया पर्यटन, अवसर र चुनौति’ विषयमा अन्तरक्रिया कार्यक्रम सिड्नीको मेरिल्याण्डमा आयोजना गरेको थियो । सो कार्यक्रममा बोल्दै मन्त्री शाहीले अष्ट्रेलियामा बलियो नेपाली केन्द्र बनाउन उपस्थित सबैलाई आग्रह गरे । उनले आफू देश बनाउन प्रतिबद्ध भएर लाग्ने बताउँदै नेपालका सातवटै प्रदेशमा नमूना पर्यटकीय केन्द्र बनाउन पहल गर्ने बताए ।कार्यक्रममा गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलको अध्यक्षतामा भएको थियो । सो कार्यक्रममा सिग्देलले पर्यटनमन्त्री शाहीबाट व्यक्त बिचार र जनाइएको प्रतिबद्धताबाट प्रवासमा भएका नेपालीहरुबाट देश विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरे ।मन्त्री शाहीले अष्ट्रेलिया बसाइको क्रममा नेपाली र अष्ट्रेलियन समुदायबाट पाएको सम्मानका लागि धन्यवाद ज्ञापन गरे ।कार्यक्रममा गैरआवासीय नेपाली संघ ओसानिया संयोजक महेन्द्र लम्साल, गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका संस्थापक अध्यक्ष मन केसी, पर्यटन व्यवसायी प्रकाश सापकोटा, नन्दु गुरुङ, भुपेन्द्र केसी, सन्जिब शर्मा, सत्यप्रकाश कँडेल, प्रदिप पन्थी, देव गरुङ, रोहित खड्का, सुदिप मुठभरी, जानकी पौडेल, सन्तोष सिटौला, छिरिङ लामा, खेम शर्मा, हेमन्त काफ्लेलगायतले मन्त्रीलाई बिभिन्न सुझावहरु दिएका थिए । कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समितिका संरक्षक इन्द्रा वन, पर्यटन मन्त्रालयका सहसचिव घनश्याम रेग्मी, प्रेस युनियनका अध्यक्ष वद्री सिग्देल, प्राध्यापक राजु मानन्धरलगायतको उपस्थिति थियो । कार्यक्रममा सहभागीहरुलाई गैरआवासीय नेपाली संघ न्यू साउथ वेल्सका संयोजक दिनेश पोख्रेलले स्वागत गरेका थिए । कार्यक्रमको अन्तमा सिड्नीमा नेपालको प्रर्यटन प्रवर्द्धन गर्न निजी सवारी साधनहरुमा प्रचार सामाग्री राख्ने अभियानका अभियन्तामध्येका एक विष्णु सापकोटाले अभियानको बारेमा छोटो प्रस्तुति गरेका थिए । अष्ट्रेलिया बसाइको क्रममा मन्त्री शाहीले राजनीतिक भेटघाट गरेका थिए भने पर्यटकीय क्षेत्रहरुको भ्रमणसमेत गरेका थिए । पर्यटनमन्त्री शाहीसँगको भेटमा भिक्टोरियाको व्यवस्थापिका परिषदका अध्यक्ष ब्रुस अट्किन्सनले नेपाल भ्रमण गर्ने इच्छा व्यक्तसमेत गरेका थिए।

 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...