अहिले तरंगमा

Bani Bahas

केहि छिनमा

Aandhikhola Khabar

समाचार

तालिम शुरु

वालिङ २१, पौष
समता नारी केन्द्र स्याङ्जाको आयोजनामा १५ दिने स्वीटर, मफ्लर, टोपी बुन्ने तालिम बुधबार पुतलीबजार नगरपालिका वडा नं. ३ काफलडाडामा सुरु भएको छ ।  तालिमको उदघाटन गर्दे ब्यवस्थापिका सांसद राजु थापाले तालिममा उपलब्ध सीपलाई ब्यवहारमा उतारी आयआर्जन गर्न सक्षम बन्नु पर्ने बताउनु भयो । सांसद थापाले सो बस्तीका लागि मोटरवाटो, ब्यवस्थित खानेपानी, खेलमैदान र सचेतना सम्बन्धी प्रशिक्षणको ब्यवस्था मिलाउने प्रतिवद्धता जनाउनुभएको छ ।  तालिममा नेपाली कांग्रेसका सचिव कुमार राना, क्षेत्रीय सभापति तुलसीराम रेग्मी, महासमिति सदस्य हिरादेवी शर्मा, पुतलीबजार नगरसभापति वेदप्रसाद दोरंगाा, नेपाल बिद्यार्थी संघका सभापति अजित क्षेत्री, महिला संघका पूर्व सभापति मखमली श्रेष्ठ, नेकपा एमाले तथा युवा संघ नेपालका सचिवालय सदस्य अशोक शर्मा, ट्रेड यूनियन कंग्रेस प्रदेश नं. ४ का कोषाध्यक्ष दिर्घनारायण मरासीनी, पूर्व जिल्ला कार्य समिति सदस्य श्रीराम उपाध्याय र  अमिरवक्स मिया, दिपज्योतप् नागरिक सचेतना केन्द्रका संयोजक अमृता हिताङ, महिला संघ क्षेत्रीय सचिव गीता आचार्य, तरुण नेता डोलबहादुर मल्ल, स्थानीयबासीहरु सोम नेपाली, रेशमलाल नेपाली र नरबहादुर नेपाली लगायतले दलित बस्ती रहेको काफलडाडाको भौतिक एवं सामाजिक सुधार र विकासका निम्ति सवैको सहयोग आवश्यक रहेकोमा जोड दिनुभएको थियो । नेपाली कांग्रेस पुतलीबजार नगरपालिका वडा नं. ३ का  अध्यक्ष केदार शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समता नारी केन्द्रका अध्यक्ष तारा मल्लले स्वागत एवं वडा सचिव लेखनाथ शर्माले संचालन गर्नुभएको थियो । तालिममा २५ जना महिला सहभागि छन् ।