अहिले तरंगमा

Cine Songs

केहि छिनमा

Morden Song

समाचार

कार्ययोजना कार्यान्वयन सम्बन्धी अन्र्तक्रिया

वालिङ, २२ पौष
कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको आयोजनामा विहिबार स्याङ्जामा भ्रष्टाचार बिरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धी अन्र्तगतको कार्ययोजना कार्यान्वयन सम्बन्धी अन्र्तक्रिया सम्पन्न भएको छ । 
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्थीले भ्रष्टाचार बिरुद्धको संयुक्त राष्ट्र संघीय मामिला मन्त्रालय अन्र्तगत कार्ययोजना कार्यान्वयनमा जिल्लाको अवस्थाका बारेमा र कानून मन्त्रालयका उपसचिव गोबिन्द खनालले  भ्रष्टाचार बिरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धी अन्र्तगत राष्ट्रिय रणनीति तथा कार्यायोजना सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि जिल्ला न्यायधीश चन्द्रबहादुर सारुले टिप्पणी गर्नुभएको थियो । 
 
कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव डिल्लीराज घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन मन्त्रालयका शाखा अधिकृत शिव थापाले गर्नुभएको थियो । अन्र्तक्रियाका सहभागीले कानूनी प्रावधान, वाधा अडचनका बारेमा जिज्ञासा राख्नुभएको थियो भने कार्यक्रमका अध्यक्ष एवं सहसचिव डिल्लीराज घिमिरेले जवाफ दिनुभएको थियो । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...