अहिले तरंगमा

केहि छिनमा

Nepal Bani Khabar

समाचार

राप्रपा क्षेत्रिय भेला वालिङमा सम्पन्न

वालिङ, पौष
राष्ट्रिय प्रजातन्त्र पार्टीको क्षेत्र नं. २ को क्षेत्रिय भेला विहिबार वालिङमा सम्पन्न भएको छ । भेलामा राप्रपा केन्द्रिय सदस्य मदनबहादुर कार्की, अमरनाथ शर्मा, राप्रपा नेता धनप्रसाद गुरुङ, जिल्ला अध्यक्ष गणेशबहादुर गुरुङलगायतका वक्ताहरुले कार्यकर्ताहरुलाई हौसल प्रदान गरेका छन् । भेलाले पार्टी संगठनमा सबै एक भएर लाग्नुपर्ने निर्णय गरिएको छ । राप्रपा क्षेत्रिय अध्यक्ष श्यामप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन चिव टेकबहादुर खांणले गर्नुभएको थियो । भेलामा क्षेत्र नं. २ का १३ गाविससहित नगरपालिकाका उल्लेख्य कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।