अहिले तरंगमा

केहि छिनमा

Nepal Bani Khabar

समाचार

आँधीखोलाको ११औँ वार्षिक साधारण सभा

वालिङ, २४ पौष ।
आँधीखोला सञ्चार सहकारी संस्थाको ११औँ साधारण सभा शनिबार पतञ्जली योग पीठ वालिङमा सम्पन्न भएको छ । साधारण सभाको उद्दघाटन गर्दै शिक्षाविद तेजप्रसाद काफ्लेले सञ्चार सहकारीले यहाँका सर्वसाधारणहरुलाई देश विदेशमा भैरहेको विभिन्न गतिविधिद्धारा सुसूचित गराउने कार्य गरेको भन्दै अझ हरेक कुना कुनामा रहेको विभिन्न समस्याहरुलाई पहिचान गर्नुपर्नेमा जोड दिनुभयो । जिल्लामै पहिलोे सञ्चार माध्यमको रुपमा स्थापित यस सहकारी द्धारा सञ्चालित रेडियो अाँधीखोला एफएमले यहाँका हरेक नागरिकको मनमस्तिष्कमा बस्न सफल भएको समेत बताउनुभयो । कार्यक्रममा ईलाका प्रशासन कार्यालय प्रमुख दामोदर शर्मा, सल्लाहकारद्धोय भोजराज अर्याल र ढाकाराम अर्याल, संस्थापक अध्यक्ष रेशमलाल कोईराला, कगे्रस क्षेत्रिय सचिव दामोदर  लम्साल, एमाले  सचिवालय सदस्य राजेन्द्रप्रसाद डुम्रे, नेकपा माओवादी केन्द्रका रमेश अर्याल, राप्रपा क्षेत्रिय अध्यक्ष श्यामप्रसाद अर्याल, नेपाल बैंक लिमिटेड वालिङ साखा प्रमुश आनन्दराज चिलुवाल, दहथुम माविका प्रध्यानध्यापक बेदप्रसाद अर्याल, गामबेसी  बचत तथा श्रृण सहकारी संस्थाका अध्यक्ष विद्या श्रेष्ठ, वालिङ उद्योग वाणिज्य संघका सहकोषाध्यक्ष यामप्रसाद अधिकारी लक्ष्मण, सेयर सदस्य भोजराज गुरुङ , प्रेसयुनियनका जिल्ला अध्यक्ष श्रीकृष्ण सिग्देललगायतले बोलेका थिए । 
संस्थाका सचिव यमकान्त खनालको स्वागतसंगे शुरु भएको कार्यक्रम अध्यक्ष धु्रवप्रसाद शर्मापंगेनीको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन प्रबन्धक तोलाकान्त बगाले र धन्यवाद उपाध्यक्ष नासिर खांनले गर्नुभएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष धु्रवप्रसाद  शर्माले वार्षिक प्रतिवेदन प्रस्तुत  गर्नुभएको थियो । संस्थाद्धारा सञ्चालित यस रेडियो आँधीखोला १०५.४ मेगाहर्जले विभिन्न ज्ञान सुचना मनोरञ्जनका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । दैनिक १८ घण्टा प्रसारणमा रहेको रेडियो अहिलो ५ सय वार्डमार्फत स्याङजासहित यस आपपासका १४ जिल्लामा सुन्न सकिनेछ भने वेभसाईड  www.radioaandhikhola.org  समेत सुन्न सकिन्छ ।