अहिले तरंगमा

Bani Bahas

केहि छिनमा

Aandhikhola Khabar

समाचार

छैटौं वालिङ महोत्सवमा गाविसस्तरीय भलिबल प्रतियोगिता हुने

वालिङ, २४ पौष ।
वालिङ उद्योग वाणिज्य संघद्वारा आगामी माघ १३ देखि २३ गतेसम्म आयोजित छैटौं वालिङ महोत्सव २०७३ को संघारमा शनिबार कार्यसमिति सदस्य एवं खेलकुद व्यवस्थापन उपसमितिका संयोजक पदमराज गुरुङको संयोजकत्वमा बैठक सम्पन्न भयो । उक्त बैठकलाई सम्बोधन गर्दै संघका अध्यक्ष शोभाकान्त पौडेलले वालिङ महोत्सवलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न र महोत्सवको अवसरमा युवाहरुको भावना र चाहनालाई खेलकुदले समेट्न सक्ने कुरा बताउनुभएको थियो । सो बैठकले छैटौं वालिङ महोत्सवको साथमा ‘युवाका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ गा.वि.स.स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने र खेलकुद कार्यक्रम सम्पन्न गर्न आर्थिक व्यवस्थापन तथा टिम दर्ताका लागि युवराज आले, हुमबहादुर गुरुङ र मेघ गुरुङ अफिसियल तर्फ केशभक्त गुरुङ र चित्र गुरुङ जुरी तर्फ एल.बी. ज्वारचन र शम्शेर गुरुङ, खेलमैदान व्यवस्थापन तर्फ देवनारायण काफ्ले, सुविन गुरुङ र स्वयंसेवक तर्फ दिलिप थापा र सुरेन्द्र गुरुङलाई जिम्मेवारी दिँदै कार्यविभाजन गरेको छ । भने स्याङ्जा जिल्लाका सबै नगरपालिका तथा गा.वि.स.हरुमा खेलाडीहरुको सहभागिताका लागि आव्हान गरेको छ । सो प्रतियोगिताको पुरस्कार राशी प्रथम रू.७७, हजार ७ सय ७७।–, द्वितीय रू.५५ हजार ५ सय ५५।–, तृतीय रू.३३ हजार ३ यस ३३।– र सान्त्वना रू.२२ हजार २  सय २२।– व्यवस्था गर्ने निर्णय गरेको छ । साथै टिकटको दर प्रथम चरणमा रू.३०।– सेमी फाईनल र क्वाटर फाईनलमा रू.५०।– कायम गर्ने निर्णय गरेको छ । उक्त बैठकमा संघका महासचिव गिरमान गुरुङ समेतको समुपस्थिति रहेको थियो ।