अहिले तरंगमा

केहि छिनमा

Nepal Bani Khabar

समाचार

त्रियाशी कृषि उपज तथा बजार व्यवस्थापन सहकारीको ८औं साधारण सभा

वालिङ, २४ पौष ।
त्रियाशी कृषि उपज तथा  बजार व्यवस्थापन सहकारी संस्था लिमिटेड वालिङ ८ त्रियाशीको आठौँ साधारण सभा शनिबार सम्पन्न भएको छ ।  कार्यक्रममा बोल्दै जेष्ठ नागकिर तथा समाजसेवी भविश्वर रेग्मीले यस सहकारीले कृषकहरुको साथी बनेको भन्दै कृषकहरुले उत्पादन गरेका कृषि उपजको बजार व्यवस्थापनको लागी निकै टेवा पु¥याएको बताउनुभयो । कार्यक्रममा रेशम विकास कार्यक्रम अधिकृत तुल्सीराम ढुङगाना, संस्थाका सल्लाहकार सदस्य यज्ञप्रसाद काफ्ले, कृषक सदस्य हमनाथ लामिछाने, खरिद उपसमिति सदस्य रमेश ढुङगाना, लेखा समिति सदस्य जैसरा रेग्मीलगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष केदार काफ्लेले अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष पदमपानी काफ्लेले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाको सेयर पुँजी १६ लाख ८० हजार, निक्षेप ९८ लाख र श्रृण लगानाी १ करोड १० लाख रहेको संस्थाको प्रतिवेदनमा उल्लेख गरिएका छ । साथै संस्थाले प्याक्टको अनुदानमा १ करोड ८८ लाखको प्रोजेक्ट समेत शुरु गरेको छ । संस्थाका अध्यक्ष केदार काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कोषाध्यक्ष पदमपानी काफ्लेले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष मोहन रेग्मीले गर्नुभएका थियो ।