अहिले तरंगमा

केहि छिनमा

Sajha Khabar

समाचार

तिहारमा सवारी चेकजाँच कडाइः स्याङ्जाबाट लागूऔषधसहित दुई युवक पक्राउ

 
 
रेडियो आँधीखोला,
कार्तिक २५ वालिङ ।
तिहार पर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सवारीसाधन तथा आवागमनमा चेकजाँचलाई कडा बनाएको छ । यसैक्रममा प्रहरीले सिद्धार्थ राजमार्गका विभिन्न स्थानबाट नियन्त्रित लागूऔषधसहित दुई जना युवकलाई पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले फरक–फरक दिनमा गरेको सवारी चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो । कात्तिक २२ गते वडा प्रहरी कार्यालय वालिङबाट प्रहरी निरीक्षक सुशिल घिमिरेको कमाण्डमा खटिएको टोलीले वालिङ नगरपालिका–१०, फुलबारी चोकस्थित सिद्धार्थ राजमार्गमा सवारीसाधन चेकजाँच गरेको थियो । सो क्रममा भैरहवाबाट पोखरातर्फ आउँदै गरेको ग.२ ख. १५५५ नम्बरको बसमा सवार ललितपुर -साविक लुभु गा.वि.स.–८) स्थायी घर भई हाल कास्कीको पोखरा महानगरपालिका–९, नयाँबजार बस्ने वर्ष २९ को सन्दिप मिजारको साथबाट प्रहरीले लागूऔषध बरामद गरेको हो ।
मिजारको साथबाट बुप्रेनोरफाइन २७ एम्पुल, फेनारगन १५ एम्पुल, डाइजेपाम १९ एम्पुल र १ थान वानप्लस मोबाइल फेला परेको थियो। पक्राउ परेका मिजारलाई लागूऔषध मुद्दामा स्याङ्जा जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिई अनुसन्धान अगाडि बढाइएको छ।
त्यस्तै, कात्तिक २३ गते राति वडा प्रहरी कार्यालय वालिङबाटै प्रहरी निरीक्षक योगेन्द्र कुमार राईको कमाण्डमा खटिएको अर्को टोलीले वालिङ नगरपालिका–८, जैसीपँधेरास्थित सिद्धार्थ राजमार्गमा चेकजाँच गरेको थियो । उक्त चेकजाँचका क्रममा भैरहवाबाट पोखरातर्फ नै आउँदै गरेको ग.१ ख. ९४२४ नम्बरको बसमा सवार बागलुङ नगरपालिका–६ का वर्ष २२ को बिशाल नेपाली पक्राउ पर्नुभएको छ । 
नेपालीकोको साथबाट नियन्त्रित लागूऔषध बुप्रेनोरफाइन ६७ एम्पुल, फेनारगन ६७ एम्पुल, डाइजेपाम ८६ एम्पुल र १ थान सामसङ मोबाइल बरामद गरिएको छ। निजलाई पनि सम्मानित स्याङ्जा जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। चाडपर्वको समयमा हुने सम्भावित अवैध लागूऔषध ओसारपसार तथा आपराधिक गतिविधि रोक्न प्रहरीले सवारी चेकजाँचमा थप कडाइ गरेको छ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...