अहिले तरंगमा

केहि छिनमा

Sajha Khabar

समाचार

सरकारले दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपी बनायाे

news

 

आज बसेकाे मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर एआईजी मनोज केसीलाई आईजीपी बनाउने निर्णय गरेको हो ।

बैठकले आईजीपी कार्कीलाई प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको छ । एआईजी मनोज केसी अहिले नेपाल प्रहरीको अपराध अनुसन्धान विभागमा कार्यरत हुनुहुन्छ ।

यसअघि आईजीपी कार्कीलाई सरकारले हटाउन चाहेको समाचार प्रकाशित भएको थियो । त्यही समाचरको स्रोत खोज्दै प्रहरी सञ्चारमाध्यममा प्रवेश गरेको थियो ।

कार्कीले गएको कात्तिक २७ गतेदेखि महानिरीक्षकको कार्यभार सम्हाल्नुभएको थियो ।

सरकारले आईजीपी कार्कीलाई जिम्मेवारीबाट हटाउनुको स्पष्ट कारण भनेको छैन । आज मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले जिम्मेवारीबाट हटाउनुलाई कारबाही गरेको भन्न नमिल्ने भने पनि जिम्मेवारीबाट हटाउनुको स्पष्ट कारण बताउनुभएन ।

यसैबीच सरकारले प्रहरी महानिरीक्षक फेर्ने निर्णय गरेपछि सरकार र सत्तारूढ दलबीच नै भनाइ बाझिएको छ । मन्त्रिपरिषद्को निर्णयपछि पत्रकारसँग कुरा गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले बदलिँदो परिस्थिति र संवेदनशील विषयमा पार्टीबाट पनि निर्देशन आएकाले जिम्मेवारी फेरबदल गरेको बताउनुभयो । तर सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले भने पार्टीले कुनै पनि व्यक्तिलाई हटाउन वा नियुक्ति गर्न निर्देशन नदिएको दाबी गर्नुभएको छ ।

पछिल्लो समय प्रहरीले सञ्चारगृह र पत्रकारमाथि धरपकड गरेपछि तत्कालीन आईजीपी कार्कीको चौतर्फी आलोचना हुँदै आएको थियो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...