अहिले तरंगमा

केहि छिनमा

Sajha Khabar

हाम्रो बारेमा

About Us

स्याङ्जा जिल्लाको पहिलो ध्वनि तरंगकोरुपमा गुञ्जिएको सामुदायिक रेडियो आँधीखोला विभिन्न आरोह अवरोह पार गर्दै निरन्तररुपमा ज्ञान, सूचना र मनोरञ्जनात्मक कार्यक्रमहरु प्रसारण गर्दै आईरहेको छ ।
यहाँका स्थानीय गतिविधिहरु थाहा पाउनका लागि छिमेकी जिल्लाका रेडियो स्टेशनहरु तथा पत्रपत्रिकाको भर पर्नुपर्ने बाध्यतालाई यहाँका स्थानीय समाजसेवी, राजनीतिक नेतृत्व वर्गहरु, विभिन्न संघ संस्थाहरुको पहलमा २०६३ सालमा ईजाजत प्राप्त गरी २०६४ साल मंसिर ६ गतेबाट यहीँको आवाजहरुलाई ध्वनि तरंगमार्फत जनसमुदायमा पु¥याउने दिन साच्चिकै स्याङ्जाबासीको एक ऐतिहासिक दिन बन्न पुग्यो ।
रेडियो आँधीखोलाको स्थापनासँगै क्रमशः जिल्लामा अन्य सञ्चार माध्यमहरु पनि खुल्न थाले अहिलेको अवस्थासम्म आईपुग्दा स्याङ्जाको सञ्चार क्षेत्रमा केही परिवर्तनका लहरहरु देखिएका छन् । 
स्याङ्जासहित गण्डकी र लुम्बिनी प्रदेशका झण्डै १५ जिल्लाका करीब ५ लाखले प्रत्यक्ष तथा रेडियोको वेवसाईट www.radioandhikhola.org तथा हाम्रो पात्रोमार्फत देश तथा विदेशमा यसको प्रसारण सुन्न सकिने छ । आँधीखोला सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित स्याङ्जा जिल्लाको पहिलो ध्वनी तरंग सामुदायिक रेडियो आँधीखोलामा हालसम्म ४६१ जना शेयर सदस्य हुनुहुन्छ । स्याङ्जा जिल्लाको करीब करीब मध्य भागमा रहेको स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिका वडा नं. ८ घ्याङलिङमा आफ्नै भवनबाट प्रसारण रहेको छ । ५०० वाट क्षमतामा प्रसारणमा रहेको सामुदायिक रेडियो आँधीखोला दैनिक बिहान ५ बजेदेखि राति ११ बजेसम्म १८ घण्टा प्रसारणमा रहेको छ । गण्डकी प्रदेशको सदरमुकाम पोखरादेखि सिद्धार्थ राजमार्ग हुँदै झण्डै ६५ किमी र बुटवलदेखि झण्डै ९५ किलोमिटरको दूरीमा अवस्थित वालिङ बजारभन्दा डेढ किलोमिटर माथि ऐतिहासिक एवं पर्यटकीय स्थल घ्याङलिङबाट प्रसारणमा रहेको छ ।
 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...