समाचार
महामन्त्री प्रदीप पौडेल स्याङ्जा आउँदै
रेडियो आँधीखोला
वालिङ, २९ कार्तिक ।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल आज स्याङ्जाको वालिङ आउनुहुने भएको छ। नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं. २ (क) को प्रदेश कार्यसमितिको पदस्थापना तथा प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुन उहाँ वालिङ आउन लाग्नुभएको हो ।
क्षेत्र नं. २ (क) को आयोजनामा हुने उक्त कार्यक्रममा प्रदेश कार्यसमितिको पदस्थापनासँगै प्रशिक्षणसमेत सञ्चालन गरिने नेपाली कांग्रेस प्रदेशसभा क्षेत्र नं. २ (क) का सभापति यामप्रसाद (लक्ष्मण) अधिकारीले जानकारी दिनुभयो।
वालिङस्थित शुभम पार्टी प्यालेसमा बिहान ८ बजेदेखि सुरु हुने कार्यक्रममा महामन्त्री पौडेलले पार्टीको संगठन सुदृढीकरण, नेतृत्व विकास तथा समसामयिक राजनीतिक विषयमा प्रशिक्षण तथा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । महामन्त्री पौडेलको स्याङ्जा आगमनलाई जिल्लामा पार्टीको संगठनात्मक गतिविधि थप सक्रिय बनाउने र नेता–कार्यकर्तालाई प्रशिक्षणमार्फत थप ऊर्जाशील बनाउने अवसरका रूपमा हेरिएको छ।