अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

अवैध घरेलू मदिरा नष्ट

news

 
 
रेडियो आँधीखोला,
वालिङ २१ अशोज ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले अवैध घरेलू मदिरा नष्ट गरेको छ । पुतलीबजार नगरपालिका वडा नम्बर १० राङखोला एरियामा चेकजाँच गर्ने क्रममा घरेलु मदिरा र घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ ११५ लिटर फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । बरामद गरिएको मदिरा जनप्रतिनिधि र स्थानीयको रोहबरमा नष्ट गरेको प्रहरीले जनाएको छ  ।
त्यस्तै अवैध रुपमा नदिजन्य पदार्थ ओसारपसार गर्ने सवारी कारबाहीमा परेको छ । प्रहरी चौकी साँखरबाट खटिएको प्रहरी टोलीले चापाकोट ७ रामघाट स्थितमा लु. ३ त. ५२५३ नम्बरको ट्याक्टरले अबैध रुपमा बालुवा ओसार–पसार गरेको फेला पारी नियन्त्रणमा लिएको थियो । उक्त ट्याक्टरलाई आवश्यक कारवाहीको लागि चापाकोट नगरपालिकाको कार्यालयमा पठाईएकोमा नगरपालिकाले १० हजार जरिवाना गराई छाडेको छ ।
त्यस्तै प्रहरी चौकी दहथुम स्याङ्जाबाट खटिएको प्रहरी टोलीले भीरकोट २ सपौदी स्थित सिद्धार्थ राजमार्गमा वालिङ देखि बयरघरी तर्फ आँउदै गरेको लु. ३ त. ४८९७ नम्बरको ट्याक्टरलाई चेकचाँज गर्ने क्रममा अवैध रुपमा बालुवा ओसार–पसार गरेको फेला पारी नियन्त्रणमा लिएको थियो । ट्याक्टरलाई आवश्यक कारवाहीको लागि भीरकोट नगरपालिकाको कार्यालयमा पठाईएकोमा १० हजार जरिवाना गरि छाडेको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...