अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Nepal Khabar

समाचार

नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं. २ को निर्वाचन अन्तर्गत महाधिवेशन प्रतिनिधीको मत गणना चल्दै

news

 
रेडियो आँधीखोला
वालिङ, १७ असोज । 
नेपाली काँग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन अन्तर्गत स्याङ्जा क्षेत्र नं. २ तथा प्रदेश (क) र (ख) को मतदान कार्य हिजो सम्पन्न भएको छ । हिजो विहान ८ बजेबाट शुरु भएको मतदान कार्य निकै व्यवस्थित रुपमा सञ्चालन भएको थियो । वालिङ खेलमैदानमा भएको मतदान कार्यक्रममा कालीगण्डकी, चापाकोट, गल्याङ, वालिङ र भीरकोट गरी छुट्टाछुट्टै मतदान गर्ने ठाउँ विभाजन गरिएको थियो । 
यसअघि १३ गते मतदान कार्यक्रम गरिएपनि मतदान व्यवस्थित नभएको भन्दै स्थगित भएको थियो । यसअघि १३ गते खसेको मत पुर्ण रुपमा रद्ध गरी पुनः मतदान भएको हो । मतदान कार्यक्रममा नेपाली कांगे्रसका शिर्ष नेताहरुको बाक्लो सहभागिता रहेको थियो । यहाँ क्षेत्रिय सभापतिका लागि नेत्रप्रसाद पाण्डे र अर्जुनप्रसाद खनालको प्यानल प्रतिष्पर्धामा रहेको छ । १८ सय २१ मतदाता रहेकोमा १७५३ मत खसेको नेपाली काँग्रेस स्याङ्जाले जनाएको छ । 
यसैबीच नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि (खुल्लातर्फ) को जारी मतगणनामा पछिल्लो ताजा मतपरिणाम अनुसार ३०० मत गणना हुँदा भागवत प्रकाश मल्लले सर्वाधिक २४६ मत प्राप्त गरी अग्रता कायम राख्नुभएको छ । उहाँलाई पछ्याउँदै एस के पुरी १९४ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ भने महेश भट्टराई १८३ अर्जुन प्रकाश अर्यालले  १६६ मत प्राप्त गर्नुभएको छ । यस्तै, गुरु प्रसाद भट्टराई १५५, मोहन प्रसाद १४५, खुमा प्रसाद अर्याल र विष्णु पौडेलले समान १४१–१४१ मत ल्याउनुभएको छ । केदार काफ्ले र देव बहादुर खांण (ईश्वर) ले समान १३६–१३६ मत प्राप्त गर्दा र विष्णु पौडेल दुवैले समान २४–२४ मत हासिल गर्नुभएको छ । मतगणना कार्य अझै निरन्तर जारी रहेकाले अन्तिम नतिजा आउन बाँकी छ । यस्तै अन्य कलस्टरको समेत मतगणना जारी रहेको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...