अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

स्याङ्जा क्षेत्र नं २ को काँग्रेस क्षेत्रीय सभापतिमा खनाल निर्वाचित

news

 
रेडियो आँधीखोला
वालिङ, १८ असोज । 
नेपाली काङ्ग्रेसको स्याङ्जा क्षेत्र नं २ को क्षेत्रीय अधिवेशनबाट सभापति पदमा अर्जुनप्रसाद खनाल विजयी हुनुभएको छ । आज बिहान सम्पन्न मतपरिणाम अनुसार खनालले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेत्रप्रसाद पाण्डेलाई पराजित गर्दै नेतृत्व हात पार्नुभएको हो। 
निर्वाचन परिणामअनुसार सभापति पदमा विजयी हुनुभएका अर्जुनप्रसाद खनालले ९५१ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी नेत्रप्रसाद पाण्डेले ७३४ मत प्राप्त गर्नुभयो। यससँगै खनाल २१७ मतान्तरले विजयी बन्नुभएको हो। त्यसैगरी, क्षेत्रीय सचिव पदमा रमेश बस्याल ७९१ मत प्राप्त गर्दै विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी कमलचन्द्र गैह्रेले ६८५ मत प्राप्त गर्नुभयो। सचिव पदमा १०६ मतान्तर रहेको छ। 
यस्तै, सहसचिव पदमा भुवन भण्डारी ८३१ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी सूर्य रेग्मीले ६८८ मत प्राप्त गर्नुभयो। सहसचिव पदमा १४३ मतान्तर रहेको छ। निर्वाचनको यस परिणामसँगै क्षेत्र नं २ मा नयाँ नेतृत्व चयन भएको छ । 
यस्तै नेपाली काँग्रेसको १५औं महाधिवेशन अन्तर्गत स्याङ्जा क्षेत्र नम्बर २ क को सभापतिमा लक्ष्मण अधिकारी विजयी हुनुभएको छ ।
लक्ष्मण अधिकारी ले ४८८ मत ल्याएर विजयी हुनुभएको हो । उहाँको प्रतिस्पर्धा छवि आलेले ३१६ मत ल्याउनुभएको थियो । भीरकोट नगरपालिकाका निर्वतमान नगर सभापति अधिकारी वालिङ र भीरकोट क्षेत्रमा सक्रिय तथा स्थापित युवा नेताका रूपमा परिचित हुनुहुन्छ ।
त्यस्तै नेपाली काँग्रेसको १५औं महाधिवेशन अन्तर्गत स्याङ्जा क्षेत्र नम्बर २ (ख) को सभापतिमा चन्द्र राना विजयी हुनुभएको छ । 
यसैबीच महाधिवेशन प्रतिनिधिमा खुलातर्फको मतपरिणाम अनुसार भागवतप्रकाश मल्ल १४सय ७१ मत प्राप्त गरी शीर्ष स्थानमा रहन सफल भएका छन्। प्राप्त विवरण अनुसार शेषकान्त पुरी ११सय १६ मत, महेश भट्टराई १०८८ मत प्र अर्जुनप्रकाश अर्यालले १००० मत प्राप्त गर्नुभएको छ ।   
अन्य प्रतिस्पर्धीहरूमा मोहनप्रसाद पाण्डेले ९२५ मत, खुमाप्रसाद अर्यालले ९१५ मत, गुरुप्रसाद प्रसाद भट्टराईले ९०१ मत र विष्णुप्रसाद पौडेलले ८४६ मत प्राप्त गर्नुभएको छ । यस्तै, देवबहादुर खाँणले ७९९ मत र युवराज पाण्डेले ६७८ मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधीमा चयन हुनुभएको हो । १० जना महाधिवेशनका लागी चयन भएका हुन भने महाधिवेशन प्रतिनिधीका लागी २५ जना उम्मेदवारले उम्मेदवारी दिएका थिए । 
महिला खुल्लातर्फ हेमा न्यौपाने तिमिल्सिना, कल्पना तिवारी कविता तिवारी र सरस्वती अर्याल तिवारी विजयी हुनुभएको छ । ३५ वर्ष मुनिको युवा उम्मेदवारमा दिप गुरुङ छिरिङ र सुनिल चापागाईं विजयी हुनुभएको छ । ३५ वर्ष मुनिको युवा महिला तर्फ इशा राना निर्वाचित हुनुभएको छ । त्यस्तै खस आर्य महिलातर्फ तुलसा पाण्डे भट्टराई र युगमाया पंगेनी निर्वाचित हुनुभएको छ । 
पेशागत तर्फ ई. दिपेन्द्र क्षेत्री, आदिवासी जनजाति तर्फ केशभक्त गुरुङ र निर्मल राना, महिला तर्फ खगिसरा आले र सीता थापा विजयी हुनुभएको छ । श्रमिक तर्फ सुवास रेग्मी, समावेशी दलित महिलातर्फ तुलसा नेपाली विजयी हुनुभएको छ । दलित खुल्ला तर्फ गिता रनपाल, अल्पसंख्यक तर्फ लालबहादुर घर्ती विजयी । यसअघि समावेशी दलित तर्फ प्रवीण परियार र मुस्लिम तर्फ रमजन अलि मिया निर्विरोध निर्वाचित हुनुभएको थियो । यसैबीच नेपाली काँग्रेसको १५ औँ राष्ट्रिय महाधिवेशन आजदेखी काठमाण्डौ खुल्ला मञ्चमा शुरु हुँदैछ । महाधिवेशन असोज २२ गते सम्म चल्नेछ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...