अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

भीरकोटमा लागूऔषध तथा साइबर अपराधसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

news

 
 
रेडियो आँधीखोला,
वालिङ २१ अशोज ।जिल्ला प्रशासन कार्यालय स्याङ्जाको आयोजना र जिल्ला प्रहरी कार्यालय स्याङ्जाको सहकार्यमा भीरकोट नगरपालिका–०६ स्थित भाग्योदय माध्यमिक विद्यालयमा सचेतना कार्यक्रम गरिएको छ । विद्यार्थीहरुलाई शान्ति सुरक्षा, अपराध नियन्त्रण, लागूऔषध दुव्र्यसन न्यूनीकरण तथा साइबर अपराधसम्बन्धी जानकारी दिने उद्देश्यले सचेतनामूलक कार्यक्रम गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
कार्यक्रममा भिरकोट नगरपालिका–०६ का वडा अध्यक्ष लक्ष्मण खत्रिले विद्यार्थीलाई दिइएको ज्ञान परिवार हुँदै समाजमा फैलाउन सक्ने भन्दै विद्यार्थीका लागि प्रदान गरिने यस्ता सचेतनामुलक कार्यक्रमले निकै ठुलो भुमिका खेल्ने बताउनुभयो । 
कार्यक्रममा भिरकोट जनस्वास्थ्य कार्यालयकी जनस्वास्थ्य अधिकृत समीक्षा काफ्लेले लागूऔषधको परिचय, प्रयोगका कारण, असर तथा दुव्र्यसनबाट बच्ने उपायबारे प्रस्तुतीकरण गर्नुभएको थियो। त्यसैगरी, जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी सहायक निरीक्षक आशिष श्रेष्ठले लागूऔषधसम्बन्धी कानुनी व्यवस्थाका साथै साइबर अपराधका नवीनतम प्रविधि, उद्देश्य, असर र यसबाट बच्ने उपायबारे जानकारी गराउनुभएको थियो।
उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी तथा विभिन्न सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।  जिल्ला प्रशासन कार्यालय, स्याङ्जाका प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद चापागाईंको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...