अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

स्याङ्जामा ७१ औँ प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

news

 
रेडियो आँधीखोला,
वालिङ २३ अशोज । 
आकस्मिक अवस्थामा आवश्यक पर्ने रगतको सहज उपलब्धता सुनिश्चित गर्न तथा मानव जीवनको रक्षा र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यका साथ जिल्ला प्रहरी कार्यालय, स्याङ्जाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । æ७१ औँ प्रहरी दिवस २०८३Æ को अवसरमा आयोजित उक्त कार्यक्रम नेपाल रेडक्रस सोसाइटी स्याङ्जा जिल्ला शाखाको प्राविधिक सहयोगमा जिल्ला प्रहरी कार्यालयको प्राङ्गणमा सञ्चालन गरिएको थियो।
नेपाल रेडक्रस सोसाइटी स्याङ्जाका सभापति दिनेश अर्यालले जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक -क्ए) रंजित सिंह राठौरलाई ब्लड ब्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रमको औपचारिक शुभारम्भ गर्नुभएको थियो ।
कार्यक्रममा २१ जना प्रहरी कर्मचारी तथा १ जना सर्वसाधारण गरी कुल २२ जनाले रक्तदान गरेका छन्। रक्तदानमा सहभागी सम्पूर्ण रक्तदाताहरूलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक रंजित सिंह राठौरले धन्यवाद ज्ञापन गर्दै कदरस्वरूप प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
मानवीय सेवाभाव, सामाजिक उत्तरदायित्व र जीवन रक्षाको महत्त्वलाई आत्मसात् गर्दै आयोजना गरिएको यस कार्यक्रमले भविष्यमा आवश्यक परेको समयमा रगतको अभाव हुन नदिन सहयोग पु¥याउनुका साथै रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्ने विश्वास लिइएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...