अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

ज्याग्दी बजारमा हरिबोधनी एकादशी विशेष मेला हुने

 
रेडियो आँधीखोला
वालिङ, १ मंसिर । 
स्याङ्जाको चापाकोट नगरपालिका ८ दामाचौर ज्याग्दी बजारमा हरिबोधनी एकादशीको अवसरमा विशेष मेला आयोजना हुने भएको छ।दामाचौर बजार व्यवस्थापन समिति र दामाचौर युवा क्लबको संयुक्त आयोजनामा मेला सञ्चालन हुन लागेको हो।
मेलामा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। कार्यक्रममा चर्चित गायिका प्रीति आले, सुमन थापा गायक ईश्वर सिंह र स्थानिय कलाकार श्रेया थापाको विशेष प्रस्तुति रहनेछ। त्यसैगरी, मेलाको मुख्य आकर्षणका रूपमा खुल्ला क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता सञ्चालन गरिने भएको छ। प्रतियोगिता मंसिर १ गतेदेखि सुरु हुनेछ। प्रतियोगितामा प्रथम हुने टोलीले नगद ४५ हजार रुपैयाँ, द्वितीय हुनेले ३० हजार रुपैयाँ र तृतीय हुनेले २० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
आयोजक समितिका अध्यक्ष केशर थापाका अनुसार मेलालाई मनोरञ्जनका साथै स्थानीय कला, संस्कृति र उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो।
मेलामा स्थानीय झाँकी प्रदर्शनका साथै सुन्तला, तरुल, बोडी, भटमास, उखु, गुड, डोका, नाङ्लो, ठेकाठेकीलगायत स्थानीय कृषि तथा घरेलु उत्पादनको बिक्री वितरणका लागि समेत व्यवस्था मिलाइएको आयोजकले जनाएको छ। स्थानीय कला, संस्कृति, कृषि उत्पादन र खेलकुदको प्रवद्र्धनसँगै मनोरञ्जन प्रदान गर्ने उद्देश्यले आयोजना हुन लागेको मेलामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिन आयोजकले सम्पूर्ण नगरवासी तथा खेलप्रेमीलाई आग्रह गरेको छ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...