अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

वाग्मती र गण्डकी प्रदेशले कोरोना सङ्क्रमितको नि:शुल्क उपचारलाई निरन्तरता दिने

news

कात्तिक ५, २०७७ बुधबार 
काठमाण्डाै – वाग्मती र गण्डकी प्रदेश सरकारले कोरोना सङ्क्रमितको नि:शुल्क उपचारलाई निरन्तरता दिने जनाएका छन् ।
 
गण्डकी प्रदेशको ३८ ठाउँका कोरोना सङ्क्रमितको नि:शुल्क उपचार भइरहेको गण्डकी प्रदेश सरकारले जनाएको हो । नागरिकप्रतिको दायित्व पूरा गर्नबाट गण्डकी सरकार पछि नहटेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बताउनुभयो ।
 
अहिलेसम्म कोरोनाको पीसीआर परीक्षण र उपचार खर्च गण्डकी सरकारले नै बेहोर्दै आएको र यो सेवा निरन्तर रहने उहाँको भनाई छ । यस्तै वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयले प्रदेश सरकार मातहतका सबै अस्पतालमा कोभिड १९ को नि:शुल्क उपचार भइरहेको जनाएको छ ।
 
प्रदेश सरकारको मातहतमा रहेका मकवानपुरको हेटौंडा अस्पताल, सिन्धुलीको जिल्ला अस्पताल, रामेछापको जिल्ला अस्पताल, धादिङको जिल्ला अस्पताल, रसुवाको जिल्ला अस्पताल, भक्तपुरको जिल्ला अस्पताल, नुवाकोटको जिल्ला अस्पताल र सिन्धुपाल्चोकको जिल्ला अस्पतालमा कोरोना सङ्क्रमितको निःशुल्क उपचार भइरहेको मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो ।
 
यसअघि हिजो लुम्बिनी प्रदेशका मूख्यमन्त्री शंकर पोख्रेलले पनि आफ्नो प्रदेशका कोरोना विशेष अस्पतालमा कोरोनाका बिरामीको नि:शुल्क उपचारको व्यवस्था यथावत् रहेको बताउनुभएको थियो । संघीय सरकारले कोरोना सङ्क्रमितको उपचार खर्च आफैले गर्नुपर्ने निर्णय गरेपछि चौतर्फी विरोध भैरहेको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...