अहिले तरंगमा

केहि छिनमा

Sajha Khabar

समाचार

नेपाल मगर संघ जिल्ला समन्वय समिति स्याङ्जाको दोस्रो पूर्ण बैठक सम्पन्न

news

 
वालिङ, २८ भदौ । 
नेपाल मगर संघ जिल्ला समन्वय समिति स्याङ्जाको दोस्रो पूर्ण बैठक तथा सम्मान कार्यक्रम शनिबार मगर संघको हलमा सम्पन्न भएको छ । नेपाल मगर संघ वालिङ नगर समितिको व्यवस्थापनमा आयोजित उक्त बैठकले संस्थाको आगामी कार्यदिशा तथा सांगठनिक सुदृढीकरणका लागि महत्वपूर्ण ८ निर्णयहरु गरेको छ । 
स्याङ्जा जिल्लाका मगर बहुल्यता रहेका पालिकाहरूमा अनिवार्य रूपमा मगर भाषा कक्षा सञ्चालन गर्न पहल गर्ने, युवा तथा महिला वर्गलाई लक्षित गरी जिल्लाका प्रत्येक पालिकामा मगर युथ क्याम्प कार्यक्रम आयोजना गर्ने, स्याङ्जाली मगर जातिको इतिहास, परम्परा र संस्कृतिको खोज तथा अनुसन्धान गरी आधिकारिक दस्तावेज तयार गर्ने, मगर समुदायको मुख्य पर्व माघे सङ्क्रान्तिको अवसरमा विशेष सांस्कृतिक तथा परम्परागत खाद्य महोत्सव नियमित रूपमा सञ्चालन गर्ने, जिल्ला, पालिका र भातृ संगठनहरूबीच प्रभावकारी समन्वयका लागि वर्षमा कम्तीमा दुई पटक संयुक्त समन्वय बैठक बस्ने निर्णय गरेको नेपाल मगर संघ जिल्ला समन्वय समितिका अध्यक्ष उमेश दर्लामीले बताउनुभयो । 
कार्यक्रममा नेपाल मगर संघ केन्द्रिय सदस्य लक्ष्मी थापा मगर, मगर संघ प्रदेश अध्यक्ष दानबहादुर थापालगायतले बोल्नुभएको थियो । कार्यक्रममा समितिका वरिष्ठ उपाध्यक्ष डोलबहादुर थापाले भोटेकोषी बाढी प्रभावितहरुको राहत, पुर्नस्थापनाका लागि नेपाल मगर संघ जिल्ला समन्वय समितिकोे ऐक्यवद्धता रहेको बताउनुभयो । कार्यक्रम अध्यक्ष दर्लामीको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत उपाध्यक्ष सिता थापा, संचालन सचिव धनबहादुर थापा र धन्यवाद दुर्गाबहादुर थापाले गर्नुभएको थियो । 
वर्तमान कार्यसमिति निर्वाचन भएको १ वर्ष पूरा भएपछि समितिका उपलब्धि र कार्यहरूको सार्वजनिक वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने, संघका सम्पूर्ण गतिविधि, इतिहास र समाचारहरूलाई प्रविधिमैत्री बनाउन जिल्ला मगर समाजको आधिकारिक वेबसाइट निर्माण गरी सञ्चालन गर्दै सांगठनिक सुदृढीकरण तथा अन्य समसामयिक विषयहरूमा छलफल गरी कार्ययोजना तय गरिएको समितिका अध्यक्ष दर्लामीले बताउनुभयो । कार्यक्रममा नेपाल मगर संघको विभिन्न पदमा निर्वाचित भई जिम्मेवारी प्राप्त गर्नेलाई सम्मान समेत गरिएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...