अहिले तरंगमा

केहि छिनमा

Sajha Khabar

समाचार

यस वर्षको तीज शुरु, आज दर खाने दिन

news

 
२८ भदौ । 
यसवर्षको तीज पर्व आजदेखि शुरु भएको छ । आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ । दरलाई तीजको व्रतको पूर्वतयारीको रूपमा पनि लिइन्छ । भोलिको तीजमा व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ ।
विशेषगरी दूधबाट बनेका खिर, ढकनी, गुँदपाक र मिठाइजस्ता परिकार खाइन्छ । दरले व्रतका दिन आडिलो बनाउँछ भन्ने मान्यता छ । दरखाने समय भने ठाउँ अनुसार फरक–फरक रहेको छ । कतै बेलुका अरु चीज नखाई दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ ।
धेरै चिल्लो पीरो, गुलियो र मसलेदार परिकार दरका रुपमा खाँदा त्यसले स्वास्थ्यमा नराम्रो असर गर्ने भएकाले ध्यान दिन पोषणविद्को सुझाव छ । भोलि हरितालिका तीज पर्व र पर्सि ऋषिपञ्चमी परेको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...