समाचार
अमोर सेवा नेपाल बाल गृहको सामाजिक परीक्षण सम्पन्न
वालिङ, २८ भदौ ।
अमोर सेवा नेपाल बाल गृहको आर्थिक वर्ष २०८२÷०८३ को सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ । अन्धाअन्धी सामुदायिक विकास केन्द्रको सहजीकरणमा बाल गृहको सामाजिक परीक्षण गरिएको हो ।
कार्यक्रममा पूर्वमन्त्री पञ्चराम गुरुङले स्याङ्जा जिल्लाको एक मात्र बाल गृह अनेक चुनौतीका बीच साहस, धैर्यता र निरन्तरको मेहनतबाट सञ्चालन हुँदै आएको बताउनुभयो । उहांले बाल गृह सञ्चालनमा कमला पराजुलीले गरेको प्रयासको प्रशंसा गर्दै आफूले सक्ने सहयोग निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘अनेकौं चुनौतीका बीच बाल गृहलाई निरन्तर सञ्चालन गर्दै आएकोमा कमला पराजुलीलाई धन्यवाद दिन चाहन्छु। आगामी दिनमा पनि आफूले सक्ने सहयोग निरन्तर गर्नेछु,’ गुरुङले भन्नुभयो ।
कार्यक्रममा बाल गृहको सञ्चालन, व्यवस्थापन तथा संस्थाले गर्दै आएका गतिविधिबारे सरोकारवालालाई जानकारी गराइएको थियो ।
कार्यक्रममा बाल गृहका व्यवस्थापक अशोक शर्मा मरासिनीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम बाल गृह सञ्चालक कमला पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो । सामाजिक परीक्षणको सहजीकरण तथा कार्यक्रम सञ्चालन एकनारायण सापकोटाले गर्नुभएको थियो ।