अहिले तरंगमा

केहि छिनमा

Sajha Khabar

समाचार

तिवारीले गरे जन्मोत्सवमा बालगृहमा सहयोग हस्तान्तरण

 
वालिङ, २८ भदौ । 
वालिङका युवा व्यवसायी राजु तिवारीले जन्मदिनमा बालगृहमा सहयोग गरेर मनाउनु भएको छ । फेदीखोलामा रहेको अमोर सेवा नेपालमा रहेका बालबालिकालाई विभिन्न खाले खाद्यान्न सहयोग गर्नुभएको हो । अमोर सेवा समाजमा तीन दर्जन भन्दा बढी अभिभावक विहिन बालबालिकाको संरक्षण,लालनपालन र शिक्षा दिक्षा समेत बालगृहले दिदै आएको छ । 
बालगृह सञ्चालक कमला पराजुलीले डेढ दशक यता देशकै एउटा नमुना बालगृह सञ्चालन गर्दै आउनुभएको हो । जन्मदिन, विवाहउत्सव जस्ता कर्ममा फजुल खर्च गर्नु भन्दा बालगृहमा सहयोग गर्न उपयुक्त हुने बुझाईले कतिपयले सहयोग समेत गर्दै आएका छन् । 
वालिङका व्यवसायी तिवारीले समेत आफ्नो जन्मदिनमा वालिङ बाट फेदीखोलाको बालगृहमा पुगेर सहयोग हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका निर्वतमान महासचिव रमेश अर्याल, वालिङ जेसिसका अध्यक्ष विदुर कोइराला, वालिङ बहुमुखी क्याम्पसका पुर्व स्ववियु सभापति सन्दीप कडेल, हरी रेग्मी लगायतको टोली पुगेको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...