अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

भूकम्पले भत्केका ६ हजार १८ विद्यालय बने, झण्डै २ हजार विद्यालयको पुनर्निर्माण हुन बाँकी

 
कात्तिक ६, २०७७ बिहिबार , काठमाण्डौ - भूकम्पले भत्केका ६ हजार १८ वटा विद्यालय पुनर्निर्माण भएका छन्। 
 
अब झण्डै २ हजार विद्यालयको पुनर्निर्माण हुन बाँकी रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । भूकम्पका कारण ३२ जिल्लामा ८ हजार विद्यालयमा क्षति पुगेको थियो ।
 
भूकम्प गएको ५ वर्ष ५ महिनामा ६ हजार १८ विद्यालयको पुनर्निर्माण सकिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिनुभयो ।
 
कोरोना सङ्क्रमण जोखिमपछि सरकारले गरेको ४ महिनाको लकडाउनका कारण विद्यालयको पुनर्निर्माणमा केही समस्या भएको प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई शिक्षाले जनाएको छ ।
 
चालु आर्थिक वर्षमा १ हजार ५ सय विद्यालयको काम भइरहेको र झण्डै ४ सय विद्यालय भने जग्गा अभाव र भूकम्पपछि मर्ज भएका कारण पुनर्निर्माणको सूचीबाट हटाइएको आयोजनाका उपनिर्देशक दिलिपशेखर श्रेष्ठले जानकारी दिनुभयो ।
 
जग्गा नभएका विद्यालयका लागि जग्गा खोजी गर्न प्राधिकरणले पालिकालाई आग्रह गर्दै आएको छ । प्राधिकरणको थपिएको अवधि असार मसान्तसम्म विद्यालयको पुनर्निर्माणको काम निरन्तर चल्ने र बाँकी रहेका विद्यालय शिक्षा मन्त्रालय अन्तर्गत पुनर्निर्माण इकाईमार्फत् काम हुने पनि आयोजनाका उपनिर्देशक श्रेष्ठले बताउनुभएको छ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...