अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

आज महानवमी पर्व मनाइँदै

news

कात्तिक ९, २०७७ आइतबार 
काठमाण्डाै – आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज (आइतबार) हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ ।
 
महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ । दशैँघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा दुर्गा भवानीको विशेष पूजा हुन्छ ।
 
महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ ।
 
यसैबीच, हनुमानढोका दरबारमा रहेको वर्षमा एक पटक महानवमीका दिनमात्र खुल्ने तलेजु भवानीको मन्दिर यो वर्ष कोरोना भाइरस सङ्क्रमणकाे जाेखिमका कारण नखोलिने भएको छ । वर्षमा एक दिनमात्र खुल्ने तलेजु भवानीको मन्दिर हरेक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिनमात्र खुल्ने परम्परा छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...