अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

आकाशदीप दान र कार्तिक स्नान सुरु

news

कात्तिक १५, २०७७ शनिबार 
काठमाण्डौ - हरेक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कार्तिक स्नान, आकाश दीप दान एवं तुलसीको विशेष पूजा आजदेखि सुरु हुँदैछ ।
 
आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नानसहित तुलसीको पूजा र आकाश दीप दान गरिन्छ । आकाश दीप दान पाएसम्म बाँस, नपाएमा पलाँस, खयर, पीपल आदिको लिङ्गो ठड्याएर बालिन्छ । तुलसी पूजा सूर्योदयअघि नै गरिसक्नुपर्ने मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो । 
 
यस अवसरमा आज स्वयम्भू चैत्यमा महादीप दान समेत गरिन्छ । आश्विन शुक्ल पूर्णिमाकै दिन मनाइने कोजाग्रत पूर्णिमा भने राति नै मनाइएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...