अहिले तरंगमा

केहि छिनमा

समाचार

डाेनाल्ड ट्रम्प र जाे बाइडेनबीच कडा प्रतिस्पर्धा : ४३ राज्यको नतिजामा बाइडेन अगाडि

news

 
  कात्तिक २०, २०७७ बिहिबार 
काठमाण्डौ - अमेरिकामा राष्ट्रपति चयनका लागि भएको चुनावमा अहिलेका राष्ट्रपति तथा रिपब्लिकन पार्टीबाट उमेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनबीच कडा प्रतिस्पर्धा देखिएको छ । 
 
पचासमध्ये ४३ राज्यको नतिजामा बाइडेन अगाडि हुनुहुन्छ । चुनावको अन्तिम नतिजा आउन बाँकी छ । कुल ५ सय ३८ इलेक्टोरल सिटमध्ये बाइडेनले २ सय ४३ र ट्रम्पले २१४ सिट प्राप्त गर्नुभएको छ । 
 
जितका लागि २ सय ७० सिट आवश्यक पर्छ । निर्णायक राज्यहरु विस्कन्सिन र मिसिगनमा बाइडेनले जित हात पार्नुभएको छ । एरिजोना र नेभाडामा बाइडेन नै अगाडि हुनुहुन्छ । 
 
जर्जिया र नर्थ क्यारोलाइनामा भने ट्रम्प अगाडि हुनुहुन्छ । अलास्कामा पनि ट्रम्प नै अगाडि रहनुभएको छ । अब पेन्सेल्भेनियाको मत निर्णायक मानिएको छ । 
 
पेन्सेल्भेनिया नजितामा पनि अब एरिजोना र नेभाडा गरी बाइडेनलाई चुनाव जित्न पुग्नेछ । नतिजापछि अमेरिकाले ५८ औं राष्ट्रपति पाउनेछ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...