अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

अमेरिकामा चुनावको नतिजा स्वीकार गर्न डेमोक्रेटिक पार्टीको आग्रह

news

 
  कात्तिक २८, २०७७ शुक्रबार 
 
काठमाण्डाै - अमेरिकामा डेमोक्रेटिक दलले रिपब्लिकन पार्टीका नेताहरूलाई चुनावको नतिजा स्वीकार गर्न आग्रह गरेका छन् ।
 
डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता सभामुख न्यान्सी पेलोसी र सिनेट भनिने माथिल्लो सदनका नेता चक सुमरले रिपब्लिकन पार्टीका नेताहरूलाई मत परिणाम स्वीकार गर्न र कोरोना भाइरसका कारण उत्पन्न सङ्कटसँग जुझ्ने विषयमा सहयोग गर्न आग्रह गर्नुभएको बीबीसीले जनाएको छ ।
 
अमेरिकी चुनावपछिको पहिलो टेलिभिजन सम्बोधनका क्रममा पेलोसीले सङ्क्रमणको बढ्दो दर र ज्यान जानेको सङ्ख्यालगायतका विषयलाई प्राथमिकताका साथ उठाउनुभएको थियो । अमेरिकामा लगातार आठ दिनसम्म कोरोना भाइरस सङ्क्रमणका नयाँ घटना दैनिक एक लाखभन्दा बढीले थपिएको विषयलाई पनि उहाँले उठाउनुभएको थियो ।
 
उहाँले राष्ट्रपति डोनाल्ड ट्रम्प र रिपब्लिकन दलले सङ्कटलाई ‘बेवास्ता गर्दै’ चुनावमा नचाहिँदो रूपमा विवाद गरेको आरोप लगाउनुभएको छ । सुमरले आर्थिक र स्वास्थ्य सङ्कटलाई सल्टाउन डेमोक्रेटिक दललाई सहयोग गर्न रिपब्लिकनहरूलाई आग्रह गर्नुभएको छ ।
 
अमेरिकामा कोभिड-१९ बाट सङ्क्रमित हुनेहरूको सङ्ख्या १ करोड नाघेको छ । पछिल्लो तथ्याङ्कअनुसार त्यहाँ १ करोड ५ लाख १३ हजार ६८ जना सङ्क्रमित भएका छन । अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएको भए पनि डोनाल्ड ट्रम्पले अहिलेसमम्म हार स्वीकार गर्नुभएको छैन ।
 
मतगणनामा समस्या देखिएको सङ्केत गर्दै उहाँले कानुनी बाटो रोज्ने बताउँदै आउनुभएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...