अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

इरानका परमाणु वैज्ञानिक फखरीजादेहको हत्या

news

 
  मंसिर १३, २०७७ शनिबार 
काठमाण्डाै - इरानका परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको हत्या भएको छ ।
 
फखरीजादेहको राजधानी तेहरान नजिकैको सहर अबसार्डमा हत्या भएको इरानको रक्षा मन्त्रालयले पुष्टि गरेको हो । परमाणु वैज्ञानिकको कारमा बम हमला गरी हत्या गरिएको खबरमा उल्लेख छ । बम हमलापछि घाइते भएका उहाँलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको थियो ।
 
इरानका विदेश मन्त्री मोहम्मद जरीफले फखरीजादेशको हत्याको निन्दा गर्दै प्रायोजित रुपमा हत्या भएको प्रतिक्रिया दिनुभएको छ । इरानको परमाणु हतियार कार्यक्रममा फखरीजादेह शीर्ष नेतृत्वकर्ता मानिनुहुन्छ । इरानले उहाँको हत्यामा इजरायलको संलग्नता रहेको आरोप लगाएको छ । तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले अहिलेसम्म आरोपको कुनै टिप्पणी गरेको छैन ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...