अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

कम्बोडियामा सबै नागरिकलाई कोरोना विरुद्धको खोप निःशुल्क दिइने

news

 
 
  मंसिर २३, २०७७ मंगलबार 
काठमाण्डाै - कम्बोडियाका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्क दिइने भएको छ । प्रधानमन्त्री हुन सेनले सबै नागरिकलाई कुनै शुल्क नलिइ कोरोना विरुद्धको खोप प्रदान गरिने जानकारी गराउनुभएको हो ।
 
 
उहाँले निःशुल्क खोप प्रदान गर्नेगरी सरोकारवालासँग परामर्श गर्न पनि निर्देशन दिनुभएको छ । त्यसैगरी अर्थमन्त्रीलाई पनि उहाँले सबै नागरिकलाई निःशुल्क खोप लगाउनका लागि बजेटको व्यवस्था गर्न निर्देशन दिनुभएको छ । पहिलो चरणमा उच्च जोखिममा रहेका नागरिकलाई लगाउने गरी १० लाख खोप ल्याउने योजना बनाइएको उहाँको भनाइ छ ।
 
एक जनालाई दुई पटक लगाउनु पर्ने भएकाले दश लाख खोपले झण्डै पाँच लाख मानिसलाई हुने पनि उहाँले बताउनुभयो । दोस्रो चरणमा २० देखि ३० लाख खोप ल्याएर लगाउने योजना सरकारले बनाएको प्रधानमन्त्री हुन सेनको भनाइ छ ।
 
दक्षिण एसियाली देश कम्बोडियामा अहिलेसम्म ३४८ जनामा मात्रै कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । अघिल्लो बर्षको जनवरीदेखि अहिलेसम्म कम्बोडियामा कोरोनाका कारण कसैको पनि ज्यान गएको पुष्टि भएको छैन ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...