अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

टिकापुर घटना : रेसम चौधरी र लक्ष्मण थारुसहित ८ जनालाई जन्मकैदको फैसला

news

 
 
 
  पुस ३, २०७७ शुक्रबार 
डाेटी - उच्च अदालत दिपायल राजपुरले सांसद रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।
 
 
बिहीबार राति उच्च अदालत दिपायलमा भएको बहसमा सांसद चौधरी र अरु सात जनाको हकमा जन्मकैदको सजाय हुने जिल्ला अदालत कैलालीले यसअघि गरेको आदेश सदर गरेको हो । अदालतले लक्ष्मण थारुलाई पनि जन्मकैदको सजाय सुनाएको छ । यसअघि थारुलाई जिल्ला अदालत कैलालीले धरौटीमा छोडेको थियो ।
 
२०७२ साल भदौ ७ गते कैलालीको टिकापुरमा एक प्रहरी वरिष्ठ उपरीक्षक तथा सात जना प्रहरी र एक नाबालकको ज्यान जाने गरी भएको घटनामा दोषी ठहर गर्दै उच्च अदालत दिपायलले जिल्ला अदालत कैलालीले गरेको जन्मकैदकै निर्णय सदर गरेको हो ।
 
उच्च अदालत दिपायल राजपुरका न्यायाधीश टेकनारायण कुँवर तथा सीताराम मण्डलको संयुक्त इजलासले टिकापुर घटनामा दोषी देखिएका चौधरी र थारुलाई जिल्ला अदालत कैलालीले गरेको जन्मकैदकै फैसला सदर हुने भन्दै फैसला सुनाएको हो ।
 
मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(३) बमोजिम जन्मकैदको फैसला सुनाएपछि यस आदेश विरुद्ध सांसद चौधरी उच्च अदालत दिपायल राजपुर गएका थिए । चौधरी थुनामै रहेको समयमा २०७५ पुस १९ गते सांसदको शपथ ग्रहण गराइएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...