अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

कुवेतमा आजदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइने

news

 
  पुस ९, २०७७ बिहिबार 
काठमाण्डाै - कुवेतमा आजदेखि कोरोना भाइरस विरुद्धको खोप दिन सुरु गरिने भएकाे छ ।
 
 
वृद्धवृद्धा र अग्रपङ्तिमा खटिएकाहरुलाई खोपको पहिलो प्राथमिकतामा  राखिएको छ । खोप देशव्यापी रुपमा सबै नागरिकलाई लगाउने कुवेतको योजना रहेको छ । कुवेतले कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप हिजो स्वदेश ल्याएको खबरमा उल्लेख छ ।
 
खोप लगाउने अभियान नै चलाइने त्यहाँका स्वास्थ्य मन्त्री बसेल अल सबाहले जानकारी दिनुभयो । उहाँले एक/एक महिनाको अवधि वर्षभरि नै खोप ल्याइने पनि जानकारी दिनुभयो । खोप लगाएसँगै थप मानवीय क्षति कम हुने र सङ्क्रमितहरुको सङ्ख्यामा पनि कमी आउने विश्वास गरेको स्वास्थ्य मन्त्री सबाहले बताउनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...