अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

मुस्ताङमा नौ महिनापछि खुले होटल, पर्यटकको चहलपहल

news

 

  पुस २०, २०७७ सोमबार

 

मुस्ताङ - हिमालपारिको जिल्ला मुस्ताङमा कोभिड-१९ का कारण बन्द होटल व्यवसाय खुलेसँँगै पर्यटकको चहलपहल सुरु भएको छ । विश्वभर फैलिएको कोभिड-१९ को सङ्क्रमण फैलन नदिन लकडाउनले ९ महिनादेखि बन्द होटल व्यवसाय सञ्चालनमा आएपछि आन्तरिक पर्यटकहरु मुस्ताङ पुग्न थालेका छन् । 

 

 

बन्द होटल, व्यवसाय खुला गर्ने निर्णयपछि अहिले पोखरा, बुटवललगायत विभिन्न ठाउँका पर्यटकहरु भ्रमणमा आएको मुस्ताङ होटल तथा रेष्टुरेण्ट व्यवसायी संघका अध्यक्ष खगेन्द्र तुलाचनले बताउनुभयो ।

 

लामो समयसम्म बन्द होटल तथा रेष्टुरेण्टहरु खुलेपछि अहिले पर्यटकको आगमन सुरु हुन थालेको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार संघको निर्णयबाट गएकाे बिहीबारदेखि मुस्ताङमा होटल, व्यवसाय खोलिएको हो । 

 

मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष एवं पर्यटन व्यवसायी समेत रहनुभएका तुलाचनले जिल्लामा बन्द होटल व्यवसाय सञ्चालनमा आएको विषयमा जानकारी दिँदै भन्नुभयो- ‘सबैलाई मुस्ताङ भ्रमणको चुले निम्तो छ, आउनुहाेस् मज्जाले घुमेर जानुहाेस् ।’ 

 

 

 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...