अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

कोरोना भाइरसको नयाँ प्रकारका कारण सन् २०२१ झन् कठिन हुने डब्ल्यूएचओको चेतावनी

news

 
  माघ ४, २०७७ आइतबार 
 
काठमाण्डौ – विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० ले कोरोना भाइरसको नयाँ प्रकारका कारण यो वर्ष झन् कठिन हुने चेतावनी दिएको छ । डब्ल्यूएचओले सन् २०२० भन्दा २०२१ झन् कठिन हुने चेतावनी दिएको हो । 
 
कोरोना भाइरसको नयाँ प्रकार पहिलोभन्दा धेरै सङ्क्रामक रहेको पनि डब्ल्यूएचओले जनाएको छ । बेलायतमा देखा परेको उच्च सङ्क्रामक क्षमताको भाइरस ५० देश र क्षेत्रहरूमा फैलिसकेको छ । 
त्यस्तै दक्षिण अफ्रिकामा देखा परेको भाइरस अरू २० देशमा फैलिसकेको छ । 
जापानमा पनि नयाँ प्रकारको भाइरसले थप चिन्ता बढाएको बीबीसीले जनाएको छ । जापानमा चार जनामा कोरोना भाइरसको नयाँ प्रकारको सङ्क्रमण पहिचान भएको छ । तर उनीहरू ब्राजिलमा सङ्क्रमित भएको अनुमान छ । नयाँ प्रकारको भाइरसप्रति धेरै चासो बढ्नुमा पहिलोभन्दा सङ्क्रामक क्षमता हुनु र मानिसको शरीरमा हुने कोषमा सङ्क्रमण गराउन थप सहज हुनुलाई लिइएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...