अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

मेक्सिकोमा सैन्य विमान दुर्घटना, ६ जनाको ज्यान गयो

news

 
  फागुन १०, २०७७ सोमबार 
काठमाण्डाै -  मेक्सिकोमा सैन्य विमान दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ ।
 
स्थानीय समयअनुसार दक्षिणपूर्वी राज्य भेराक्रुजमा वायु सेनाको विमान हिजो बिहान दुर्घटनामा परेको हो ।
 
एमिलियानो जापाटाको एयरपोर्टबाट विमानले उडान लिने क्रममा दुर्घटना भएको मेक्सिकोको सरकारी अधिकारीले बताएका छन् । विमान दुर्घटनामा ज्यान गुमाउनेको परिचय खुलिनसकेको त्यहाँका रक्षामन्त्रीलाई उदृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।
 
विमान दुर्घटना हुनुको कारण खुलेको छैन । घटनाको अनुसन्धान थालिएको रक्षा मन्त्रालयले जनाएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...