अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

कांग्रेस पदाधिकारी बैठक बस्दै

news

 
 
  फागुन १३, २०७७ बिहिबार 
काठमाण्डाै - नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।
 
सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको उहाँको सचिवालयले जनाएको छ ।
 
बैठकमा पछिल्लो राजनीतिक अवस्था र अब कसरी अघि बढ्ने भन्नेबारे छलफल हुनेछ ।
 
पार्टीका पूर्व पदाधिकारीसमेत सहभागी हुने बैठकमा प्रतिनिधिसभा पुनःस्थापनापछि कांग्रेसको अबको रणनीति, नेकपाको प्रचण्ड-नेपाल समूहको प्रस्तावलगायतबारे छलफल हुने कांग्रेसका नेताहरुले बताएका छन् ।
 
नेकपाको प्रचण्ड-नेपाल समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले हिजो सभापति निवास बुढानीलकण्ठ पुगेर सत्ता साझेदारीको प्रस्ताव गरेका थिए ।
 
त्यही प्रस्तावमाथि विशेष छलफल गर्न र नेपाली कांग्रेसको अबको भूमिकाबारे रणनीति बनाउने पदाधिकारी बैठक बस्न लागेको हो ।
 
प्रतिनिधिसभामा कांग्रेसका ६१ सांसद रहेका छन् । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...