अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

जोन्सन एण्ड जोन्सनको कोरोना खोपलाई अमेरिकामा स्वीकृति

news

 
 
 
  फागुन १६, २०७७ आइतबार 
काठमाण्डौ - अमेरिकाको औषधि नियामक संस्था एफडीएले जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोपलाई स्वीकृति दिएको छ ।
 
जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोना भ्याक्सिनलाई स्वीकृति दिने अमेरिका विश्वकै पहिलो देश बनेको छ ।
 
अमेरिकामा फाइजर र मोर्डनको खोपपछि तेस्रो भ्याक्सिनको रुपमा जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको भ्याक्सिनले स्वीकृति पाएको हो । यो खोप एकपटक मात्रै लगाए हुने र जुनसुकै रेफ्रिजेरेटरमा भण्डारण गरेर राख्न सकिनेछ ।
 
फाइजर र मोर्डनको भ्याक्सिनलाई भने डिफ्रिजको आवश्यकता पर्छ । अरु खोपभन्दा जोन्सन एण्ड जोन्सनको कोरोना भ्याक्सिन सस्तो रहेको भनिएको छ तर अहिलेसम्म कोरोना खोपको मूल्यबारे भने जानकारी गराइएको छैन । अमेरिकाले यो खोपको १० करोड डोज खरिद गर्ने जनाएको छ ।
 
बेलायतलगायत देशहरुले पनि यो खोप किन्नका लागि प्रक्रिया सुरु गरिसकेको छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...