अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

सिजनको हिसाबले आजदेखि प्रि-मनसुन सुरु

news

 
  फागुन १७, २०७७ सोमबार 
काठमाण्डाै - आजदेखि सिजनको हिसाबले प्रि-मनसुन सुरु भएको छ । 
 
जाडोयामको सिजन सकिएलगत्तै प्रि-मनसुन सुरु भएको हो । 
 
 मार्च १ तारिखदेखि तीन महिनासम्मकाे समयलाई प्रि-मनसुन मानिन्छ  । मार्च, अप्रिल र मे महिना प्रि-मनसुनको सिजन हो । यसपछि मनसुन सुरु हुन्छ ।
 
प्रि-मनसुनको समयमा दिउँसो र बेलुकाको समयमा धेरै हावाहुरी चल्ने हुन्छ । प्रि-मनसुन सुरु भएको एक/दुई दिनमा नै यसका गतिविधि सुरु नभए पनि बिस्तारै गतिविधि देखिने मौसमविद् निराजन सापकोटाले बताउनुभयो । 
 
उहाँकाअनुसार विशेषगरी यो सिजनमा आगलागीका घटना धेरै हुने गर्छन्  । यस्तै, यो  सिजनमा मेघगर्जनसहित चट्याङ्ग पर्ने हुँदा मानवीय क्षति हुने जोखिम पनि उतिकै रहन्छ । 
 
प्रि-मनसुनमा हावाहुरीसहित असिना पानी पर्ने पनि हुन्छ । सिजनका हिसाबले यसपालिको जाडोयाम सकिएको छ । डिसेम्बर, जनवरी र फेब्रुअरी तीन महिनालाई जाडोयाम मानिन्छ । यसपालिको जाडोयाममा पानी निकै कम परेको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...